२ अर्बभन्दा माथि नाफा गर्न सफल कुमारी बैङ्कको लाभांश दिन सक्ने क्षमता कति ?

ज्ञानमाण्डू। कुमारी बैङ्कको नाफा ७२.७४ प्रतिशतले बढेकाे छ । आ.व. २०७६/७७ को चाैथाे त्रैमास सम्ममा बैङ्कले १ अर्ब १५ कराेड रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७७/७८ को चाैथाे त्रैमास सम्ममा बैंकले २ अर्ब रुपैयाँ माथि नाफा कमाएको देखिन्छ ।

१३ अर्ब ८७ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कुमारी बैङ्कले १ खर्ब ४८ अर्ब ६९ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ३७ अर्ब ९९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा ५ अर्ब ११ करोड रुपैयाँ र संचित मुनाफा १ अर्ब १४ कराेड रूपैयाँ रहेको छ ।

बैंकको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ४६.५६ प्रतिशतले बढेर ५ अर्ब २३ करोड रुपैयाँ पुगेकाे छ ।

त्यस्तै बैंङ्ककाे आ.व. २०७७/७८ काे वितरण याेग्य मुनाफा १ अर्ब ९ कराेड रुपैयाँ रहेकाे छ अर्थात कुमारी बैङ्कले आफ्ना शेयरधनिहरूलाई आ.व. २०७७/७८ काे वितरण याेग्य मुनाफाबाट ७.९ प्रतिशत लाभांश दिन सक्ने क्षमता बनाएकाे देखिन्छ ।

बैंककाे निष्कृय कर्जा अनुपात १.०८ प्रतिशत र प्रतिशेयर आम्दानी १४ रुपैयाँ ४२ पैसा छ भने प्रतिशेयर नेटवर्थ १३६ रुपैयाँ ८९ पैसा र पछिल्लाे काराेबार मूल्य रू ३९० काे आधारमा मूल्य आम्दानी अनुपात २७.०४ गुणा रहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x