व्यवसाय विस्तारमा आक्रामक देखिएको रिलायबल लाइफको बीमा शुल्क आर्जनमा ८८ प्रतिशतको वृद्धि

reliable nepal life insurance

ज्ञानमाण्डू। रिलायबल नेपाल लाइफ इन्स्याेरेन्सको नाफा ५.३८ प्रतिशतले वृद्धि भएको छ । आ.व. २०७६/७७ को चाैथाे त्रैमास सम्ममामा कम्पनीले २१ करोड ४३ लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७७/७८ को चाैथाे त्रैमास सम्ममा कम्पनीले २२ करोड ५९ लाख रुपैयाँ नाफा कमाएको देखिन्छ । एक्चुरी मूल्याङ्कन पछि भने कम्पनीको नाफा बृद्धि हुने गरेको छ ।

१ अर्ब ४० कराेड रुपैयाँ चुक्ता पुँजी रहेको रिलायबल नेपाल लाइफ इन्स्याेरेन्सको खुद बीमा शुल्क आर्जन ८८ प्रतिशतले वृद्धि भएर १ अर्ब ५७ करोड रुपैयाँबाट २ अर्ब ९५ करोड रुपैयाँ पुगेकाे छ ।

कम्पनीको जीवन बीमा कोष १२०.८८ प्रतिशतले वृद्धि भएर २ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ भने जगेडा कोषमा ८४ कराेड ३५ लाख रुपैयाँ र महाविपत्ती कोषमा ७ करोड ९८ लाख रुपैयाँ रहेको छ ।

कम्पनीले बीमा लेख संख्या १७ लाख ५१ हजारबाट बढाएर ३६ लाख ९ हजार पुर्याएको छ भने बीमा व्यवसाय भित्र्याउने अभिकर्तालाई ४२ कराेड ७६ लाख रुपैयाँ कमिसन प्रदान गरेकाे छ । कम्पनीकाे प्रतिशेयर आम्दानी १६ रुपैयाँ १४ पैसा छ भने प्रतिशेयर नेटवर्थ १६५ रुपैयाँ ९६ पैसा रहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बीमा सूचना

ad x