कोरोना भाइरसको उपचारका लागि उहानमै ७० भन्दा बढी नयाँ स्वास्थ्य केन्द्र

ज्ञानमाण्डू।मध्य चीनमा पर्ने हुबेइ प्रान्तमा नोबेल कोरोना भाइरसको संक्रमणको उपचारका लागि ७० भन्दा बढी नयाँ स्वास्थ्य सेवा केन्द्र खोलिएको छ । उहानको बाहिरका इलाकाहरुमा आपतकालीन प्रयोगका लागि अस्पतालहरुले नयाँ निर्माण विस्तार गरिएको प्रान्तको प्रमुख जियांग चाओलिङ बताउनु भएको छ । 

यी स्वास्थ्य केन्द्रहरुले ग्रामीण इलाकामा कोरोना भाइरसका कारण भएको निमोनियासँग लड्न मद्दत पुर्याउने बताइएको छ । 

जुन स्थानमा कम जागरुकता र चिकित्सा सुविधाहरूको अभावले महामारीबिरुद्व लड्ने प्रयासहरुको अवरोधलाई हटाएर एकसाथ अगाडि बढाउन सहयोग हुने बताइएको छ ।

अधिकारीहरुका अनुसार गाउँ समुदायमा प्रशिक्षण सत्र सञ्चालन गरी जनचेतना बढाइने पनि गरिएको छ । दैनिक रुपमा ग्रामीण क्षेत्रमा फर्केका मान्छेको तापक्रम नाप्ने र स्वास्थ्य अवस्थाको जाँच गर्ने काम लगाइने बताइएको छ । हुबेइ प्रन्तमा हालै मात्र कोरोना भाइरसका कारण १ हजार २२० नयाँ सङ्क्रमित भएका र बिहीबार मात्र पनि थप २४ व्यक्तिको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । 

चिनियाँ स्वास्थ्य अधिकारीहरुकाअनुसार बिहीबार अबेर रातीसम्म यस भाइरसबाट २१३ जनाको मृत्यु भएको र ९ हजार ६९२ जना सङ्क्रमित भएका छन् । 

त्यसैगरी यस भाइरसका कारण अस्पताल भर्ना भएका १७१ जना अस्पतालबाट घर फर्किएका पनि समाचारमा जनाइएको छ ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x