कुन जीवन बीमा कम्पनीले कतिको आईपीओ निष्कासन गर्दै ?

upcoming ipo


ज्ञानमाण्डू। अहिले शेयर बजारले दैनिक नयाँ रेकर्ड बनाइरहेको छ। साथ साथै आईपीओमा आवेदन दिने कुरा पनि बजारमा सबैभन्दा लोकप्रिय विषय मध्यको एक हो र यसले पनि रेकर्ड तोडिरहेको छ। सर्वसाधारण लगानीकर्ताहरूको मन मस्तिष्कमा अब कुन कुन कम्पनीको आईपीओ आउँदै छ भन्ने प्रश्न सधैँ रहिरहेको हुन्छ ।

नयाँ लाइफ इन्स्याेरेन्स कम्पनीहरू मध्य रिलायन्स लाइफ, ज्योति लाइफ र प्रभु लाइफले आईपीओ निष्कासन गरिसकेका छन् भने आईपीओ निष्कासन गर्न बाँकी भएका र निष्कासन गर्ने क्रममा रहेका नयाँ लाइफ इन्स्याेरेन्स कम्पनीहरूले कति मात्रामा आईपीओ निकाल्दै छन् भन्ने सर्वसाधारण लगानीकर्ताहरूको जिज्ञासाको विषय बनिरहेको छ । 

७ नयाँ लाइफ इन्स्याेरेन्स कम्पनीहरूले रु ४ अर्ब ३९ करोड बराबरको आईपीओ निष्कासन गर्ने तयारीमा रहेका छन् । सिटिजन लाइफले रु ७५ करोड, यूनियन लाइफले रु ६४ करोड ५० लाख, रिलायबल नेपाल लाइफ, आइएमई लाइफ, सन नेपाल लाइफ, सानिमा लाईफ र महालक्ष्मी लाइफले रु ६० करोडका दरले आईपीओ निष्कासन गर्दै छन् ।

हाल सिटिजन लाइफको रु १ अर्ब ७५ करोड, यूनियन लाइफको रु १ अर्ब ५० करोड ५० लाख, रिलायबल नेपाल लाइफ, आइएमई लाइफ, सन नेपाल लाइफ, सानिमा लाइफ र महालक्ष्मी लाइफको रु १ अर्ब ४० करोड चुक्ता पुँजी रहेको छ । आईपीओ निष्कासन पश्चात् भने सिटिजन लाइफको रु २ अर्ब ५० करोड, यूनियन लाइफको रु २ अर्ब १५ करोड, रिलायबल नेपाल लाइफ, आइएमई लाइफ, सन नेपाल लाइफ, सानिमा लाईफ र महालक्ष्मी लाइफको रु २ अर्ब पुग्नेछ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बीमा सूचना

ad x