धितोपत्र बजारमा ५४.२१ अंकको वृद्धि, नेप्से परिसूचक २७३८.२९ को विन्दुमा



ज्ञानमाण्डू। धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५४ दशमलव २१ अंकले बढेर २७३८ दशमलव २९ को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक ८ दशमलव ६४ अंकले बढेर ४८८ दशमलव १४ को विन्दुमा पुगेको छ ।



आज कूल २१४ कम्पनीका २ करोड १३ लाख २८ हजार ८८२ कित्ता शेयर रु १० अर्ब ४० करोड ३८ लाख ७९ हजार ००० मा खरिद बिक्री भए ।

कारोबार भएका कूल १३ उपसमूह मध्ये बैंकिङ उपसमूह २७ दशमलव ४३ अङ्कले बड्दा ट्रेडिङ उपसमूह ५१ दशमलव ८१ अङ्कले, होटल तथा पर्यटन ३५.९२ अङ्कले, विकास बैंक ११२.५९ अङ्कले, जलवि द्धुत ३०.७६ अङ्कले, वित्त १६.०६ अङ्कले, निर्जीवन बीमा ५८४.२१ अङ्कले, उत्पादन ६३.३४ अङ्कले, अन्य उपसमूह ४५.९३ अङ्कले, लघुवित्त १०३.२३ अङ्कले, जीवन बीमा ५२८.७८ अङ्कले, सामूहिक लागनी कोष शुन्य दशमलव ०४ अङ्कले र लगानी उपसमूह २ दशमलव ०४ अङ्कले बढेको छन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x