जनउत्थान सामुदायिक लघुवित्तको शेयरमूल्य समायोजन पछिको भाउ कति ?


ज्ञानमाण्डू।नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले बिहिबार बैशाख २३ गते, जनउत्थान सामुदायिक लघुवित्त वित्तिय संस्था लिमिटेडको शेयरमूल्य समायोजन भएको जानकारी दिएको छ। नेप्सेले बिहिबार जनउत्थान सामुदायिक लघुवित्त वित्तिय संस्था लिमिटेडको बोनस शेयर पछिको भाउ समायोजन गरेको जानकारी दिएको छ।


नेप्सेले बिहिबार जनउत्थान सामुदायिक लघुवित्त वित्तिय संस्था लिमिटेडको ४९ दशमलव ४० प्रतिशत बोनस शेयर पछिको भाउ समायोजन गरेको हो। शेयरमूल्य समायोजनपश्चात जनउत्थान सामुदायिक लघुवित्त वित्तिय संस्थाको शेयरमूल्य तिन हजार छ सय ११ रुपैयाँ निर्धारण भएको छ।

सोही मूल्यलाई आधार मानेर बिहिबार जनउत्थान सामुदायिक लघुवित्त वित्तिय संस्था लिमिटेडको शेयर कारोबार खुला हुनेछ । नेप्सेले लघुवित्तको अघिल्लो कारोबारी दिन अर्थात बुधबारको अन्तिम कारोबार मूल्य धितोपत्र बजारमा प्रतिकित्ता पाँच हजार तिन सय ९५ रुपैयाँका आधारमा भाउ समायोजन गरेको हो ।

लघुवित्तले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट हाल कायम चुक्ता पुँजीको ४९.४०% बोनसशेयर र कर प्रयोजनको लागि २.६०% नगद लाभांश वितरण गर्दैछ।

वैशाख ३० गते वार्षिक साधारण सभा बोलाएको जनउत्थान सामुदायिक लघुवित्त वित्तिय संस्था लिमिटेडले आज बिहीबार वैशाख २३ गतेका दिन संस्थाको शेयरधनी दर्ता किताब बन्द(बुक क्लोज) रहने जनाएको छ। यस अर्थ मिति २०७८/०१/२२ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा कारोबार भई प्रचलित कानून बमोजिम संस्थाको शेयर रजिष्ट्रारमा प्राप्त विवरणको आधारमा कायम शेयरधनीहरु मात्र वार्षिक साधारण सभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्न योग्य हुने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x