धितोपत्र बजारमा २०.६१ अंकको वृद्धि, नेप्से परिसूचक २७३५.३९ को विन्दुमा


ज्ञानमाण्डू। धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २० दशमलव ६१ अंकले बढेर २७३५ दशमलव ३९ को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक ६ दशमलव १७ अंकले बढेर ४९२ दशमलव ४४ को विन्दुमा पुगेको छ ।


आज कूल २१८ कम्पनीका १ करोड ९० लाख २० हजार ५२८ कित्ता शेयर रु ८ अर्ब ६३ करोड ६६ लाख ६८ हजार ६५९ मा खरिद बिक्री भए ।

कारोबार भएका कूल १३ उपसमूह मध्ये ट्रेडिङ उपसमूह र जलवि द्धुत उपसमूहको शेयर ऒरालो लागेको छ । बैंकिङ उपसमूह २३ दशमलव ०४ अङ्कले बड्दा होटल तथा पर्यटन १०.५ अङ्कले, विकास बैंक ९०.१८ अङ्कले, वित्त २८.३९ अङ्कले, निर्जीवन बीमा ९.०३ अङ्कले, उत्पादन ४३.२७ अङ्कले, अन्य उपसमूह ३.३ अङ्कले, लघुवित्त ६.१४ अङ्कले, जीवन बीमा ४५.६८ अङ्कले र सामूहिक लागनी कोष शुन्य दशमलव ०५ अङ्कले र लगानी उपसमूह १ दशमलव ५९ अङ्कले बढेको छ भने यता ट्रेडिङ उपसमूह ९९ दशमलव ६५ अङ्कले र जलवि द्धुत ८.९७ अङ्कले घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x