धितोपत्र बजारमा ५.४५ अंकको गिरावट, नेप्से परिसूचक २५४३.५२ को विन्दुमा


ज्ञानमाण्डू।साताको पहिलो कारोबारी दिन, धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचकमा ऒरलो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५ दशमलव ४५ अंकले घढेर २५४३ दशमलव ५२ को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक शुन्य दशमलव ३९ अंकले घढेर ४४९ दशमलव ९२ को विन्दुमा पुगेको छ ।



आज कूल २०९ कम्पनीका ९१ लाख ३८ हजार ९३५ कित्ता शेयर रु ४ अर्ब ४१ करोड ३ लाख ४५ हजार ३० मा खरिद बिक्री भए ।

कारोबार भएका कूल १३ उपसमूह मध्ये मात्र तिन उपसमूहको शेयर उकालो लागेको छ । बैंकिङ उपसमूह ६ दशमलव ७२ अङ्कले घट्दा ट्रेडिङ उपसमूह २१२ दशमलव ८३ अङ्कले होटल तथा पर्यटन १४४.८२ अङ्कले, विकास बैंक ०.४८ अङ्कले, निर्जीवन बीमा २१.९ अङ्कले, उत्पादन २०.१८ अङ्कले, अन्य उपसमूह १९.२१ अङ्कले, जीवन बीमा ३०.६५ अङ्कले र सामूहिक लागनी कोष र लगानी उपसमूह शुन्य दशमलव ०६ अङ्कले घटेको छ भने जलविद्युत् उपसमूह २४ दशमलव ५२ अङ्कले बढ्दा वित्त ५.२ अङ्कले र लघुवित्त ४४.५ अङ्कले बढेका छन्। 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x