५६औँ अन्तरराष्ट्रिय जातिभेद उन्मूलन दिवस मनाइयो

काठमाडौँ, जातिवादविरुद्ध युवा, जातीय हिंसा र छुवाछूतविरुद्ध हामी’ भन्ने मल नारासहित आज देशभर विभिन्न कार्यक्रम गरी ५६औँ अन्तरराष्ट्रिय जातिभेद उन्मूलन दिवस मनाइएको छ ।

दिवसको अवसरमा आज पदयात्रासहित बृहत सभाको आयोजना गरिएको थियो । संयुक्त राजनीतिक दलित सङ्घर्ष समिति, दलित गैरसरकारी संस्था महासङ्घ, संयुक्त दलित जातीय सङ्घर्ष समिति र जागरण मिडिया सेन्टर लगायतका सङ्घसंस्थाले आयोजना गरेको पदयात्रा टुडिखेल परिक्रमा गरी वसन्तपुरमा कोणसभामा परिणत भएको थियो । सभालाई सम्बोधन गर्दै सङ्घीय समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले अधिकारको निम्ति दलित समुदायका नेताले पार्टीभित्र, संसद् र सडकमा सङ्घर्ष गर्नुपर्ने बताउनुभयो ।

नेपाली कांग्रेसका नेत्री पुष्पा भुसालले प्राप्त उपलब्धीलाई संस्थागत गर्दै दलित समुदाय एकजुट हुँदै थप अधिकारको निम्ति थप सङ्घर्ष गर्नुपर्नेमा जोड दिनुभयो ।

सन् १९६० मार्च २१ का दिन दक्षिण अफ्रिकाको सार्पभिल्ले भन्ने स्थानमा रङ्गभेदी कानूनविरुद्ध भएको एक शान्तिपूर्ण प्रदर्शनमाथि प्रहरीले गोली चलाउँदा ६९ जना आन्दोलनकारी मारिएका थिए र ६०० भन्दा बढीलाई घाइते भएका थिए । त्यो दुःखान्त घटनाको सम्झनामा संयुक्त राष्ट्रसङ्घले सन् १९६६ मार्च २१ को दिनलाई रङ्गभेद उन्मूलनको अन्तर्राष्ट्रिय दिवसको रुपमा घोषणा ग¥यो । दिनलाई विश्व रङ्गभेद दिवसको रुपमा मनाइँदै आए पनि नेपालमा भने यो दिनलाई जातिभेद उन्मूलन दिवसको रुपमा मनाइँदै आइरहेको छ ।

योभन्दा अघि संयुक्त राष्ट्रसङ्घीय महासभाले २१ डिसेम्बर १९६५ मा सबै प्रकारका जातीय विभेद उन्मूलन गर्ने अन्तर्राष्ट्रिय महासन्धि पारित गरी हस्ताक्षरका लागि सबै देशलाई आह्वान गरेको थियो । यो ४ जनवरी १९६९ देखि लागू भएको थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x