विजय लघुवित्तकाे खुद ब्याज आम्दानीमा १०.३४ प्रतिशतकाे गिरावट

Vijaya Laghubitta Bittiya Sanstha Limited

ज्ञानमाण्डू। विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा १६.२४ प्रतिशतले घटेकाे छ । आ.व. २०७७/७८ को चौथो त्रैमास सम्ममा लघुवित्तले १२ कराेड ५० लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७८/७९ को चौथो त्रैमास सम्ममा लघुवित्तले १० कराेड ४७ लाख रुपैयाँ नाफा कमाएको देखिन्छ ।

३२ करोड रुपैयाँ चुक्ता पुँजी रहेको विजय लघुवित्तले ४ अर्ब ७१ करोड १० लाख रुपैयाँ कर्जा लगानी गरेको छ। त्यस्तै, विजय लघुवित्तले ३ अर्ब ८ करोड १७ लाख रुपैयाँ सापटी लिएको छ भने जगेडा कोषमा २२ करोड ८८ लाख रुपैयाँ रहेको छ।

विजय लघुवित्तको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी १०.३४ प्रतिशतले घटेर ३४ करोड १५ लाख रुपैयाँ पुगेको छ । लघुवित्तमा निष्क्रिय कर्जा अनुपात ४.०८ प्रतिशत छ । लघुवित्तको प्रतिशेयर आम्दानी ३२ रुपैयाँ ७२ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १७० रुपैयाँ १६ पैसा छ र पछिल्लाे काराेबार मूल्य रू १०२६ काे आधारमा मूल्य आम्दानी अनुपात ३१.३५ गुणा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x