सानिमा लार्ज क्याप फन्डमा आवेदन दिने समय थपियो, अब कहिलेसम्म पाइन्छ आवेदन दिन?

ज्ञानमाण्डू।सानिमा क्यापिटल लिमिटेडले माघ ९ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको सानिमा लार्ज क्याप फन्ड नामक सामुहिक लगानी कोषमा आवेदन दिने समय लम्बिएको छ । यसअघि फन्डले पहिलो चरणमा आज माघ १३ गतेसम्म आवेदन दिन सकिने जनाएको थियो । तर, सो अवधिसम्ममा माग अनुसारको आवेदन नपरेका करण माघ २६ गतेसम्मका लागि आवेदन दिने समय थप गरेको हो । 

उक्त फन्डमा थप गरिएको समय अगावै मागभन्दा बढी आवेदन परेमा बिक्री बन्द गरिने पनि जानकारी दिएको छ । सानिमा लार्ज क्याप फन्डमा सोमबार बेलुका ५ बजेसम्ममा ५० हजार ७ सय ४४ आवेदकले ६१ करोड ३९ लाख ३३ हजार ३ सय रूपैयाँ बराबरको आवेदन दिएको, निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडले जनाएको छ ।

बिक्री प्रबन्धक सानिमा क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याएको हो । जसमध्ये फन्डले १५ प्रतिशत अर्थात १ करोड ५० लाख इकाई कोष प्रवर्धक सानिमा बैंकलाई सुरक्षित राखेको छ भने बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री गर्न लागेको हो ।

यस सात वर्षे बन्दमुखी योजना, सानिमा लार्ज क्याप फन्डमा न्यूनतम १०० देखि १ करोड इकाईसम्म आवेदन दिन सकिन्छ । फन्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरबाट आवेदन दिन सक्नेछन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x