आज देखि एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड-२ निष्कासनमा

NMB Capital Limited

ज्ञानमाण्डू। एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड-२ साउन २६ गते (आज) देखि निष्कासन गरेको छ। एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड-२ काे निष्कासन बन्द हुने मिति (छिटोमा) साउन ३१ रहेको छ भने उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरेमा भदाै ९ गते सम्म आवेदन म्याद थपिने कम्पनीले जनाएकाे छ।

कम्पनीले निष्कासन गर्न लागेकाे कुल इकाई १२ करोड इकाई मध्ये न्यूनतम १ कराेड ६८ लाख वा कुल बिक्री भएको इकाई सङ्ख्याकाे न्यूनतम १४ प्रतिशत कोष प्रवर्द्धक एनएमबि बैंक लिमिटेडलाई सुरक्षित राखी तथा १ प्रतिशत अर्थात १२ लाख इकाई योजना व्यवस्थापक एनएमबि क्यापिटललाई सुरक्षित गरि र बाँकी न्यूनतम १० करोड २० लाख इकाई सर्वसाधारणलाई बिक्रीका लागि खुल्ला गर्न लागेको कम्पनीले जनाएकाे छ ।

सो कम्पनीले प्रति इकाई मूल्य रू. १०/- अंकितका दरले न्यूनतम १०० देखि अधिकतम १ कराेड २० लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेकाे जनाएकाे छ ।

यस फण्डकाे इकाई खरीदका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति लिएका र आस्वा (ASBA) सेवामा सहभागी बैङ्क तथा वित्तीय संस्थाहरू र तिनका शाखा कार्यलयहरूबाट पनि आवेदन पेस गर्न सकिनेछ।

यस फण्डकाे धिताेपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x