सनराइज बैंकका ग्राहकलाई लन्डन पब र मत्सुरी टोकियो रेष्टुरेन्टमा विशेष छुट

sunrise bank
ज्ञानमाण्डू।सनराइज बैंकले आफ्ना ग्राहकहरुको सहजता तथा सुविधालाई मध्यनजर गर्दै अस्पताल, रेष्टुरेन्ट तथा विभिन्न क्षेत्रमा विशेष छुट सहितका सुविधा दिदैं आएको छ । त्यसै क्रममा विभिन्न क्षेत्रमा ग्राहकहरुलाई विशेष छुट दिने उद्देश्यले बैंक र  दरबारमार्ग अवस्थित लन्डन पब र मत्सुरी टोकियो रेष्टुरेन्टबिच सम्झौतापत्रमा हस्ताक्षर भएको बैंकले जानकारी दिएको छ । 

सम्झौता पश्चात बैंकका ग्राहकहरुले लन्डन पब र मत्सुरी टोकियो रेष्टुरेन्टमा खाना र बेबरेज (beverages) सुबिधाको सन्राइज बैंकको क्रेडिट,डेबिट कार्ड र QR को माध्यमबाट भुक्तानी गर्दा १० प्रतिशतको छुट लिन सक्नेछन् । 

बैंकले “स्मार्ट बनौं, डिजिटल बैंकिङ्ग गरौ” अभियान अनुरुप आफ्ना ग्राहकहरुलाई नगद कारोबारबाट डिजिटल कारोबारमा जान उत्प्रेरित गर्दै आएको र ग्राहकहरुको अपेक्षा अनुरुप नबिनतम्  सेवा सुबिधाहरु थप गर्दै जाने बैंकले जनाएको छ । 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x