एन आई सी एशिया बैंककाे ‘Insta-Buy योजना’ मार्फत खरिद रकम मासिक किस्ताबन्दीमा रुपान्तरण गर्न सकिने

nic asia bank

ज्ञानमाण्डू। नगद रहित कारोबारमा ग्राहकहरूलाई आकर्षित गर्ने तथा आवश्यक सामग्री एवं सेवा खरिद गर्न सहजीकरण गर्ने उद्देश्यले एन आई सी एशिया बैंकले क्रेडिट कार्डमार्फत देशभरका जुनसुकै POS मर्चेन्टहरूमा कार्ड स्वाइप गरी भुक्तानी गर्दा उक्त खरिद रकमलाई मासिक किस्ताबन्दीमा रुपान्तरण गर्न सकिने 'Insta-Buy योजना’ सञ्चालनमा ल्याएको छ । समयअनुरुप ग्राहकमैत्री उत्कृष्ट योजना ल्याउने क्रममा बैंकले आफ्ना क्रेडिट कार्ड प्रयोगकर्ताहरूलाई एकै पटकमा खरिद सामग्री तथा सेवाहरूको सम्पूर्ण खरिद रकम भुक्तानी गर्न एवं आफ्नो आयस्रोत अनुसारको किस्ता अवधि छनौट गर्न सकिने नविनतम सुविधा ल्याएको हो । यस योजना मार्फत ग्राहकहरूले इच्छाएको सामग्री तत्काल प्राप्त गरी खरिद रकम किस्ताबन्दीमा बैंकलाई तिर्नसक्ने सुविधा प्राप्त गर्न सक्नेछन् । 


 

क्रेडिट कार्ड प्रयोगकर्ताहरूले खरिद गर्ने इलेक्ट्रोनिक्स, घरायसी सामग्री, फर्निचर, टुर प्याकेज, सुन तथा हिराका गरगहना लगायतका सामग्री तथा सेवाहरूको खरिद रकम न्यूनतम ३ देखि अधिकतम १८ महिनासम्मको अवधिभित्र बैंकलाई भुक्तानी गर्न सक्ने व्यवस्था मिलाइएको बैंकले जनाएको छ । ग्राहकहरूले क्रेडिट कार्डमार्फत सामग्री खरिद गरेपश्चात् आफुलाई नजिक पर्ने बैंकको शाखा पुगेर किस्ताबन्दीको लागि आवेदन दिन सक्नेछन् । बैंकले केही दिनभित्रै वेबसाइट मार्फत अनलाइन आवेदन दिन सकिने व्यवस्था समेत गर्न लागेको जनाएको छ ।

NIC ASIA Bank Limited

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x