एकै दिन वाणिज्य बैङ्कहरूले १ अर्ब निक्षेप भित्राउँदा, अन्य संस्थाहरूबाट भने १ अर्ब बाहिरियो


ज्ञानमाण्डू।नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार गत पौष ११ गतेसम्म ४८ खर्ब ६ अर्ब रुपैयाँ रहेको बैङ्क तथा वित्तीय संस्थाहरूको कुल निक्षेप पौष १२ गतेका दिनसम्म आइपुग्दा स्थिर रहेको छ । सो अवधिमा वाणिज्य बैङ्कहरूको निक्षेप एक दिनको अवधिमा १ अर्ब रुपैयाँले बढेर कुल निक्षेप ४२ खर्ब ३७ अर्ब रुपैयाँ पुगेको छ। गत पौष ११ गतेसम्म वाणिज्य बैङ्कहरूको कुल निक्षेप ४२ खर्ब ३६ अर्ब रुपैयाँ रहेको तथ्याङ्कले जनाएको छ ।

यता, बाँकी विकास बैङ्क तथा अन्य वित्तीय संस्थाहरूको कुल निक्षेप संकलनमा गत पौष ११ गतेको तुलनामा १ अर्ब रुपैयाँले गिरावट आउँदा पौष १२ गतेका दिन ५ खर्ब ६९ अर्ब रुपैंयामा सिमित भएको छ। पौष ११ गतेका दिनसम्म यी विकास बैङ्क तथा वित्तीय संस्थाहरूको कुल निक्षेप ५ खर्ब ७० अर्ब रहेको थियो।

त्यसै गरी, पौष १२ गतेसम्म आइपुग्दा बैङ्क तथा वित्तीय संस्थाहरूको कुल कर्जा लगानी ४६ खर्ब १० अर्ब रुपैयाँ रहेको छ। गत पौष ११ गतेसम्म इजाजत प्राप्त संस्थाहरूको कुल कर्जा लगानी ४६ खर्ब ६ अर्ब रुपैयाँ रहेको थियो। यस अवधिमा इजाजत प्राप्त संस्थाहरूले ४ अर्ब रुपैंयाको कर्जा लगानी विस्तार गरेको राष्ट्र बैङ्कको तथ्याङ्कले जनाएको छ।



केन्द्रीय बैङ्कको तथ्याङ्क अनुसार यही गत साताको सोमबारसम्म वाणिज्य बैङ्कहरूको कुल कर्जा लगानी ४० खर्ब ९३ अर्ब रुपैयाँ रहेको छ जुन गत पौष ११ गतेसम्म ४० खर्ब ८९ अर्ब रुपैंया रहेको थियो । त्यस्तै, बाँकी अन्य बैङ्क तथा वित्तीय संस्थाहरूको कुल कर्जा लगानी पौष १२ गतेसम्म ५ खर्ब १७ अर्ब रुपैंया रहेको छ जुन गत पौष ११ गतेको तुलनामा स्थिर रहेको छ ।

समिक्षा अवधिमा वाणिज्य बैङ्कहरूको निक्षेप सङ्कलन बढ्दा कुल निक्षेपमा पनि सोही अन्तरको वृद्धि देख्न सकिन्छ। यसै गरी, सो अवधिमा वाणिज्य बैङ्कहरू मार्फत थप ४ अर्ब रुपैंया कर्जा प्रवाह हुँदा, कुल कर्जा लगानी पनि समान रकमको अन्तरले वृद्धि भएको देखिन्छ।

यस अवधिमा बैङ्क तथा वित्तीय संस्थाहरूको औसत सिडी रेसियो ९० प्रतिशत अधिक रहेको छ । गत पौष ११ गतेसम्म बैङ्क तथा वित्तीय संस्थाहरूको औसत सिडी रेसियो ९१.२४ प्रतिशत रहेको थियो जुन पौष १२ गतेसम्म आइपुग्दा ९१.१९ प्रतिशतमा कायम रहेको छ ।

पौष ११ गते ४.९८ प्रतिशत रहेको बैङ्कहरूको अन्तर बैङ्क ब्याजदर पौष १२ गतेसम्म पनि सोही विन्दुमा कायम रहेको तथ्याङ्कले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x