ग्लोबल आइएमई बैंकको थप ६ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा

ज्ञानमाण्डू। ग्लोबल आइएमई बैंकले गत साता थप ६ वटा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले मिति २०७५ मसिंर १९ गते बुधबार देखि डडेल्धुरा जिल्लाको अजयमेरु गाँउपालिका वडा नं. २, चमडामा १०५औँ र सोही दिन अजयमेरु गाँउपालिकाकै वडा नं. ६, देवलमा १०६औँ, मिति २०७५ मसिंर २० गते बिहीबार देखि बैतडी जिल्लाको दोगडाकेदार गाँउपालिका वडा नं. ४, बसालीमा १०७औँ र सोही दिन दोगडाकेदार गाँउपालिकाकै वडा नं. २, काफलकोट बडीयामा १०८औँ र मिति २०७५ मसिंर २२ गते शनिबार देखि डोटी जिल्लाको पुर्वीचौकी गाँउपालिका वडा नं. ५, चौखुट्टेमा १०९औँ एव्म सोही मितिमै पुर्वीचौकी गाँउपालिका वडा नं. १, शान्तिनगरमा ११०औँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो । यससगैं ग्लोबल आइएमई बैंकको शाखारहित बैंकिङ्ग सेवाको संख्या ११० पुगेको छ । 

यि सबै शाखारहित बैंकिङ्ग सेवाहरुको उद्घाटन स्थानीय जनप्रतिनिधि, बुद्घिजीवि तथा स्थानीयवासीहरुको रोहवरमा भएको छ ।

शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानिय बासिन्दाले स्थानिय प्रतिनिधि मार्पmत बैंकिङ्ग सेवा लिन सकिनेछ । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, DISH HOME/CDMA/UTL  को महसुल भुक्तानी गर्ने, मोबाइल रिर्चाज गर्ने लगायतका सेवा लिन सकिनेछ । 

कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यि क्षेत्रका बासिन्दा बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई मध्यनजर गरी ग्लोबल आइएमई बैंकले ति स्थानहरुमा शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको हो । 

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले १३२ शाखा, १४१ एटिएम, ६ एक्सटेन्सन काउण्टर, १५ वटा राजश्व संकलन काउण्टर र ११० शाखा रहित बैंकिङ्ग सेवा, विदेशमा ३ प्रतिनिधि÷सम्र्पक कार्यालय माफर्त आफ्ना ९ लाख भन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ । त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि÷सम्र्पक कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ ।  त्यसैगरी बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन, जोर्डन, अष्टे«लिया, बेलायत र भारत लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आइरहेको छ । बैंकद्वारा  मिति २०७५।०८।२३ मा जारी प्रेस  विज्ञप्तिमा साे कुरा जनाइएकाे छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x