मेगा बैंक नेपालको नाफामा ३८.९८ प्रतिशतकाे वृद्धि, निष्कृय कर्जा अनुपात १.०१ %

 

ज्ञानमाण्डू। मेगा बैंक नेपालको नाफा ३८.९८ प्रतिशतले बढेकाे छ । आ.व. २०७६/७७ को पहिलाे त्रैमास सम्ममा बैङ्कले ४३ करोड ७४ लाख ८ हजार रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७७/७८ को पहिलाे त्रैमास सम्ममा बैंकले ६० करोड ७९ लाख ४ हजार रुपैयाँ नाफा कमाएको देखिन्छ ।


१३ अर्ब १३ करोड ८६ लाख २१ हजार रुपैयाँ चुक्ता पुँजी रहेको मेगा बैंक नेपालले १ खर्ब २९ अर्ब ६१ करोड ७२ लाख १६ हजार रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब १७ अर्ब ६९ करोड ३२ लाख ७० हजार रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा २ अर्ब ९९ करोड ९४ लाख ९५ हजार रुपैयाँ र संचित मुनाफा २ अर्ब २९ कराेड ११ लाख ४४ हजार रूपैयाँ रहेको छ ।

As on 30th Ashoj 2077 BS

विवरण
प्रथम त्रैमास २०७७/७८ 
(रू हजारमा)
चुक्ता पुँजी
रू १३,१३,८६,२१
निक्षेप संकलन
रू १,२९,६१,७२,१६
कर्जा लगानी
रू १,१७,६९,३२,७०
खुद ब्याज आम्दानी
रू १,३३,१४,९२
नाफा/(नाेक्सान)
रू ६०,७९,०४
जगेडा कोष
रू २,९९,९४,९५
संचित मुनाफा
रू २,२९,११,४४
निष्कृय कर्जा
१.०१%
प्रतिशेयर आम्दानी
१८ रुपैयाँ ५१ पैसा
प्रतिशेयर नेटवर्थ
१४० रुपैयाँ ४८ पैसा
आम्दानी अनुपात
१२.४३ गुणा

बैंकको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी २६.२८ प्रतिशतले बढेर १ अर्ब ३३ करोड १४ लाख ९२ हजार रुपैयाँ पुगेकाे छ ।

त्यस्तै बैंङ्ककाे वितरण याेग्य मुनाफा ५ कराेड ५६ लाख ६३ हजार रुपैयाँ र निष्कृय कर्जा अनुपात १.०१ प्रतिशत छ । बैङ्कको प्रतिशेयर आम्दानी १८ रुपैयाँ ५१ पैसा छ भने प्रतिशेयर नेटवर्थ १४० रुपैयाँ ४८ पैसा छ र मूल्य आम्दानी अनुपात १२.४३ गुणा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x