लोपोन्मुख थारु नाचको संरक्षण हुँदै

ज्ञानमाण्डू।रुपन्देहीमा लोपोन्मुख थारु समुदायका तीन नाचको संरक्षण गर्न थालिएको छ । थारु समुदायका अगुवाले थारु संस्कृति लोप हुने स्थितिमा पुगेको भन्दै विभिन्न महोत्सव र मेला गरेर झुमडा, झर्रा तथा बड्का नाच प्रदर्शन गरेर संरक्षण गर्न लागिएको बताएका छन् । 

“परम्परागत यी नाच हाम्रा पूर्खाले सिर्जना गरेका हुन त्यसैले यसको संरक्षण आवश्यक छ”, सैनामैना नगरपालिका–८ स्थित भड्छाका बुद्धिराम थारुले भने । उक्त वडास्थित भडछामा यही माघ ९, १० र ११ गते तीन दिनसम्म भडछा महोत्सव तथा औँसी मेलाको आयोजना हुन लागेको छ । दिनभर काममा थाकेर बेलुका मनोरञ्जन गर्न थारु समुदायले आफ्नो संस्कृतिका रूपमा माघी औँसीको समयमा यस्तो मेला गर्दै आएका बताइएको छ । 

विसं १९६७ देखि आयोजना हुँदै आएको थारु समुदायको भडसा महोत्सव तथा माघी मेला रातमा हुने मेलाका रुपमासमेत परिचित भएको स्थानीयवासीले बताएका छन् । थारु संस्कार र संस्कृतिको जर्गेना नगरी थारुको पहिचान नहुने उल्लेख गर्दै स्थानीय अगुवा थारुले महोत्सवका लागि नगरपालिकाले रु सात लाख आर्थिक सहयोग गरेको जानकारी दिए । गत वर्ष नगरपालिकाले रु चार लाख आर्थिक सहयोग गरेको थियो । भडछा महोत्सवलाई थारु समुदायले नाच्ने झुमडा र झर्रा नाचको उदगम थलो समेत मानिएको छ । 

महोत्सवका सांस्कृतिक संयोजक रामबहादुर थारुले यी दुवै नाच थारु समुदाय दिनभर काममा व्यस्त भएर रातमा मनोरञ्जन गर्ने परम्परागत संस्कृतिको रूपमा रहेका र यसको जर्गेना गर्न थालिएको जानकारी दिए । उनले बड्का नाच सैनामैनास्थित बिचवापुरबाट मात्रै करिब ४० वर्षपछि यस क्षेत्रमा प्रदर्शन भएको उल्लेख गरे । पर्यटकीय स्थल लुम्बिनीबाट करिब २० किलोमिटर उत्तर र बुटवलबाट करिब १८ किमी पश्चिम प्रसिद्ध पुरातात्त्विक मलमला मन्दिरको काखमा सो महोत्सव हुन लागेको छ ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x