छैन पैदल यात्रुमैत्री सडकपेटी


लमजुङ
, पर्यटकीय लमजुङको जिल्लाको अधिकांश सडकपेटी पैदल यात्रुमैत्री नहुँदा दुर्घटनाको उच्च बढेको छ । पैदल यात्रुमैत्री सडकपेटी नहुँदा जोखिम मोलेर यात्रुले मुख्य सडकको बीचबीचै हिँड्नुपर्ने बाध्यताले दुर्घटनाको उच्च जोखिम बढ्दै गएको हो । 

निर्माण भएका सडकपेटी पनि व्यवसायीले सामान राखेर हिँड्नै नमिल्ने बनाउने गरेका छन् । त्यस्तै, अधिकांश सडकपेटी भत्किएको अवस्थामा रहे पनि मर्मतसम्हार हुन सकेको छैन । त्यतिमात्र नभई बर्खायामको बेला खानेपानी पाइप बिच्छ्याउन खनिएको खाल्डोले गर्दा सडकमै छरपष्ट माटाले समेत सडकमा हिँड्डुल गर्न जोखिम भएको छ । जिल्लाका मुख्यबजारका रुपमा रहेको बेँसीशहर बजारको शेरा, झिङ्गेखोला, नारायणस्थानचोक, भीमसेनस्थान चोक, मनाङे चौतारा, ठाडोलाइनलगायत स्थानमा यस्ता समस्या बढिरहेको पाइन्छ । यहाँका सडकसमेत साँघुरो रहेकाले पैदल यात्रुहरु सडकबाटै हिँड्नुपर्ने बाध्यताका कारण सडक दुर्घटनाको थप जोखिम भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय लमजुङका ट्राफिक प्रहरी प्रमुख महेन्द्र रानाभाटले बताउनुभयो । यस बेँसीशहर बजार हुँदै हिमाली जिल्ला मनाङ जाने र मनाङबाट यही बजार हुँदै काठमाडौँ, पोखरा, चितवनलगायत जिल्ला जाने एकमात्र सडक हो । 

यस सडकमा मुस्किलले दुईवटा सवारीसाधन छिर्ने गर्दछ, तर यात्रुहरु भने, सडकबाट साइट लागेर हिँड्नुपर्ने अवस्था रहेको यात्रुका गुनासो रहेको छ । यसरी हिँड्दाहिँड्दै पनि पैदल यात्रुमैत्री सडक नहुँदा बर्सेनी दर्जनौँ दुर्घटना हुने गरेको छ भने केही पैदल यात्रुको मृत्यु र केही यात्रु घाइते भइरहेको छ । यति हुँदाहुँदै पनि वर्षौंदेखिको यस्ता समस्याको समाधन भने सम्बन्धित निकायको चासो पुगेको छैन । बाटो काट्न र गन्तव्य पुग्ने संरचना मापदण्डअनुसार नहुँदा सवारी चालकले पनि दिनहुँ समस्या झेल्नुपर्ने बाध्यता रहेको सवारी चालक नारायणप्रसाद पौडेलले बताउनुभयो । सडक मापडण्डअनुसार लमजुङका सडकपेटी बनेका छैनन् । जिल्लाको अधिकांश सडकमा सडकपेटीसमेत छैन । बनाउनेतर्फ पनि कसैले चासो देखाएका छैनन् । 

भोटेओडार, सुन्दरबजार, खुदी बजार, भुलभुले, मध्यनेपाल, भोर्लेटारलगायत स्थानमा समेत सडकपेटी प्रभावकारी नै छैन । सडकपेटी ओगटेर मोटरसाइकल र सवारी पार्किङ गर्ने र सार्वजनिक सेवा प्रदायक निकायले सवारी पार्किङको सुविधा उपलब्ध नगराउँदा समस्या बढिरहेको छ । 

बेँसीशहर नगरपालिकाले सडकपेटी खाली गर्न लगाए पनि दीर्घकालीन समस्या समाधान भने हुन सकेको देखिँदैन । पूर्वाधार नहुँदा पैदल यात्रुमैत्री सडकपेटी बनाउनका लागि जिल्लाका सडकमा चुनौतीको विषय बन्ने देखिन्छ । अधिकांश सडकका नजिकै घरहरु निर्माण भइसकेका र साघुँरो सडक रहेको छ । यहाँका स्थानीय सरकारहरु भने, संरचना अभावका कारण साँघुरो सडक भएकाले पैदलयात्रुमैत्री सडक बनाउन स्थानीय सरकारले नसकेको बताउँछन् । यसका लागि प्रदेश, सङ्घीय सरकारबाट मापदण्ड बनाएर जनताको बनेका घरहरु न्याय हुने गरी हटाएमा मात्र सम्भव रहेको जनाइएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x