राष्ट्र उत्थान लघुवित्तको नाफामा ४१.२ प्रतिशतको वृद्धि

Rastra Utthan Laghubitta Bittiya Sanstha Limited

ज्ञानमाण्डू। राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा ४१.२ प्रतिशतले बढेको छ । आ.व. २०७७/७८ को चौथो त्रैमास सम्ममा लघुवित्तले ४ कराेड ७१ लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७८/७९ को चौथो त्रैमास सम्ममा लघुवित्तले ६ कराेड ६५ लाख रुपैयाँ नाफा कमाएको देखिन्छ ।

२६ करोड रुपैयाँ चुक्ता पुँजी रहेको राष्ट्र उत्थान लघुवित्तले ३ अर्ब २८ करोड ७६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। त्यस्तै, राष्ट्र उत्थान लघुवित्तले २ अर्ब १४ करोड ५८ लाख रुपैयाँ सापटी लिएको छ भने जगेडा कोषमा १८ करोड २२ लाख रुपैयाँ रहेको छ।

राष्ट्र उत्थान लघुवित्तको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी १६.७ प्रतिशतले बढेर २२ करोड ८ लाख रुपैयाँ पुगेको छ । लघुवित्तमा निष्क्रिय कर्जा अनुपात १.११ प्रतिशत छ । लघुवित्तको प्रतिशेयर आम्दानी २५ रुपैयाँ ५८ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १७० रुपैयाँ ०८ पैसा छ र पछिल्लाे काराेबार मूल्य रू १३०० काे आधारमा मूल्य आम्दानी अनुपात ५०.८ गुणा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x