उपत्यकामा ५९७ सहित देशभर एक हजार ३९ सङ्क्रमित थपिए

ज्ञानमाण्डू। पछिल्लो २४ घण्टामा देशभर एक हजार ३९ कोभिड–१९ (कोरोना भाइरस) का सङ्क्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नौ हजार १६५ जनाको पिसीआर परीक्षण गरिएकामा एक हजार ३९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । योसँगै कूल संक्रमितको संख्या ५४ हजार १५९ पुगेको छ । हालसम्म आठ लाख ४० हजार ५२७ जनाको पिसीआर परीक्षण गरिएको मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५९७ कोरानाका सङ्क्रमित भेटिएका छन् । उनीहरुमध्ये काठमाडौँमा ४८३, ललितपुरमा ३३ र भक्तपुरमा ८१ रहेका छन् । आज देशभर सक्रिय सङ्क्रमितको संख्या १५ हजार ११७ रहेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो । संस्थागत आइसोलेशनमा सात हजार ७३० र होम आइसोलेशनमा सात हजार ३८७ रहेका छन् । अहिले देशभरका क्वारेन्टिनमा छ हजार ५३६ जना रहेका छन् ।

प्रवक्ता डा गौतमका अनुसार पछिल्लो २४ घण्टामा एक हजार १७३ जना कोरोना जितेर घर फर्केका छन् । योसँगै हालसम्म कोरोना सङ्क्रमणमुक्त भएर घर फर्किनेको संख्या ३८ हजार ६९७ पुगेको छ । कोरोना संक्रमणमुक्त हुने दर ७१.५ प्रतिशत रहेको छ । आज देशभर १६९ कोरोनाका सङक्रमित आइसियुमा छन् । भेन्टिलेटरमा उपचाररत २३ जना छन् । कोरोनाका कारण आजसम्म ३४५ जनाको मृत्यु भएको जनाइएको छ ।

पाँच सय भन्दा बढी सक्रिय सङ्क्रमित रहेका जिल्लामा मोरङ, सुनसरी, सर्लाही, काठमाडौँ, चितवन, ललितपुर र भक्तपुर छन् । शून्य सङ्क्रमित भएका जिल्लामा सोलुखुम्बु, मनाङ, मुस्ताङ, म्याग्दी, हुम्ला र डोल्पा छन् । विश्वभर कोरोना सङ्क्रमितको सङ्ख्या दुई करोड ८९ लाख ४७ हजार ५१० पुगेको छ । कोरोनाबाट निको हुनेको सङ्ख्या दुई करोड आठ लाख १३ हजार २२१ रहेको मन्त्रालयले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x