उपकार लघुवित्तकाे नाफामा २७.३ प्रतिशतकाे गिरावट

Upakar Laghubitta Bittiya Sanstha Limited

ज्ञानमाण्डू। उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा २७.३ प्रतिशतले घटेकाे छ । आ.व. २०७७/७८ को चौथो त्रैमास सम्ममा लघुवित्तले ६ कराेड १३ लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७८/७९ को चौथो त्रैमास सम्ममा लघुवित्तले ४ कराेड ४६ लाख रुपैयाँ नाफा कमाएको देखिन्छ ।

६ करोड ५६ लाख रुपैयाँ चुक्ता पुँजी रहेको उपकार लघुवित्तले २ अर्ब २१ करोड ४७ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। त्यस्तै, उपकार लघुवित्तले ९१ करोड ८७ लाख रुपैयाँ सापटी लिएको छ भने जगेडा कोषमा १७ करोड ३ लाख रुपैयाँ रहेको छ।

उपकार लघुवित्तको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ५.८ प्रतिशतले बढेर १३ करोड २७ लाख रुपैयाँ पुगेको छ । लघुवित्तमा निष्क्रिय कर्जा अनुपात १.७६ प्रतिशत छ । लघुवित्तको प्रतिशेयर आम्दानी ६८ रुपैयाँ ०९ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ ३५९ रुपैयाँ ५९ पैसा छ र पछिल्लाे काराेबार मूल्य रू ३३८० काे आधारमा मूल्य आम्दानी अनुपात ४९.६ गुणा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x