कोरोना कोषमा सनराइज बैंकको सहयोग

ज्ञानमाण्डू। काठमाडौं सनराइज बैंक लिमिटेडले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणको लागि नेपाल सरकारलाई रु ७९ लाख ४४ हजार ४ सय ७६ रुपैंया बराबरको रकम सहयोग गरेको छ । सरकारले स्थापना गरेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा बैंकले सामाजिक उत्तरदायित्व अन्र्तगत उक्त रकम हस्तान्तरण गरेको छ ।

उक्त रकम आज आयोजित एक समारोहकाबीच बैंकका संचालक समितिका सदस्य शारदा शर्मा पुडासैनीले अर्थमन्त्री डा.युवराज खतिवडालाई हस्तान्तरण गरेकिछन् । सोही समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र नायब महाप्रबन्धकी आरती राज्यलक्ष्मी राणाको  पनि उपस्थिति रहेको थियो । प्रदान गरिएको रकमबाट कोरोना संक्रमण रोेकथाम तथा उपचारका लागि सहयोग पुग्ने विश्वास रहेको बैंकले जनाएको छ ।


उक्त अवसरमा अर्थमन्त्री डा.खतिवडाले बैंकलाई धन्यबाद दिदैं बैंकले प्रदान गरेको उक्त सहयोग संस्थागत सामाजिक उत्तरदायित्वको प्रशंसनीय उदाहरण भएको बताउँदै प्राप्त रकम सरकारले कोरोना रोकथाम एवं नियन्त्रणको काममा सदुपयोग गर्ने बताए । सन्राइज बैंकले यस अघिपनि देशका विभिन्न प्रदेश सरकार तथा स्थानीय तह, अस्पतालहरुलाई कोरोनासंग लड्न अति आवश्यक सामार्ग्रीहरु जस्तै एएभ्,मास्क,स्यानिटाइजर आदि हस्तान्तरण गरेको बैंकले जनाएकाे छ । 

Sunrise Bank Limited

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x