कटेजमा ताल्चा, बैंकमा ऋण : तनावमा पर्यटन व्यवसायी

ज्ञानमाण्डू।झापा, कन्काई नगरपालिकाका डिपी आचार्य अहिले तनावमा छन् । इलामको सूर्योदय नगरपालिकास्थित अन्तुमा सञ्चालन गरेको कटेज बन्दाबन्दीको समयमा बन्द गर्नु परेपछि उनी तनावमा पर्नु परेको हो । 

दुई वर्षअघि आचार्यले साहु र बैङ्कको ऋण लिएर भाडामा लिई अन्तुमा कटेज खोलेका थिए तर अहिले त्यो कटेज बन्दाबन्दी शुरु भएदेखि नै बन्द छ । कटेज बन्द भए पनि कटेजको लिज भाडा, बैङ्कको ऋण र साहुको पुरानो रकमले यति बेला आचार्यको मन पोल्छ । 

“दुई वर्षअघि मात्र लिजमा लिएको, कमाइ पनि राम्रै थियो”, आचार्य भन्छन् , “अब अहिले त के गर्ने न कसो गर्ने भइयो । लकडाउनको समयमा पनि भाडा त लागेको छ । कसरी तिर्ने ?” रु १५ लाख लगानी गरेर आचार्यसहित दुई जनाले कटेल सञ्चालन गरेका थिए । “लकडाउनले गर्दा कटेज त खोल्नै पाएको छैन । साहुले केही महिनाको भाडा छुट दिए भनेचाहिँ चलाउन सकिन्छ”, आचार्यको भनाइ छ । 

बिस जना क्षमता भएको कटेज चलाएका आचार्यले यो सिजनमा विगतका वर्षमा मासिक खर्च कटाएर रु ९० हजारसम्म बचाउने गर्द थिए । अहिले कटेज नै बन्द भएपछि दैनिकी चलाउनसमेत सकस पर्दै गएको उनी बताउँछन् । भ्रमण वर्षको समयमा उल्लेख्य फाइदा लिने सोच बनाउँदै गर्दा कोरोनाको समस्याले आजित बनाएको आचार्यको भनाइ छ । 

दैनिक ४०० हाराहारीमा पर्यटक भित्रिने अन्तुमा पर्यटन व्यवसाय नै ठप्प हुँदा नसोचेको घाटा व्यहोर्नुपरेको घरवास (होमस्टे) सञ्चालक धनबहादुर आले बताउँछन् । आलेका अनुसार सिजनकै समयमा बन्द गर्नुपर्दा व्यवसायीले ऋणको चर्को ब्याजदर सामना गर्नुपर्दै छ भने पर्यटकीय क्षेत्र पहिलेकै स्तरमा पुर्‍याउनसमेत समस्या पर्ने भएको छ । मुलुककै प्रमुख पर्यटकीय क्षेत्र श्रीअन्तु सुनसान बनेपछि व्यवसायीले खुलाउन पहल गर्दै आएका छन् । महामारीमा होमस्टे र कटेज खोल्दा पर्यटक आए पनि जोखिम बढाउने भएकाले व्यवसायी अन्योलमा परेका हुन् । कटेज खोल्दा महामारी फैलिएमा आफैले जिम्मा लिनुपर्ने भएकाले पनि खोल्न नसकिएको अन्तु पर्यटन व्यवसायी सङ्घका सचिव रुद्र घिमिरे बताउँछन् ।रासस  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x