एक्सेल डेभलपमेन्ट बैंकले आज साेह्राै वार्षिक साधारण सभा गर्दै, लाभांशकाे प्रस्ताव कति ?

Excel Development Bank Limited

ज्ञानमाण्डू। एक्सेल डेभलपमेन्ट बैंक लिमिटडले साउन ९ गते (आज) साेह्राै वार्षिक साधारण सभा गर्दै छ। कम्पनीले साधारण सभा सिद्धार्थ होटल विर्तामोड, झापामा बिहान ११:०० बजे देखि आरम्भ हुने जानकारी दिएको छ। कम्पनीकाे हाल कायम चुक्ता पुँजीकाे ८.५ प्रतिशतका दरले बोनस शेयर र शून्य दशमलव ४५ प्रतिशत नगद लाभांश वितरण गर्ने् प्रस्ताव पारित गर्ने छ।

सभाले आर्थिक वर्ष (आ.व.) २०७७/०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने छ भने आ.व.२०७८/२०७९ का लागि लेखापरिक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्नेछ र त्यसका साथै सञ्चालक समितिले संस्थापक शेयरधनीहरुका तर्फकाे रिक्त सञ्चालक पदमा बाँकी अवधिका लागि गरेकाे नियुक्ति पनि अनुमाेदन गर्ने छ।

कम्पनीले साधारण सभाको प्रयोजनको लागि असार २८ गते देखि साउन ९ गते सम्मका लागि बुक क्लोज गरिसकेकाे छ। सो आधारमा असार २७ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x