लिभरपुलको शानदार जित

ज्ञानमाण्डू।च्याम्पियन्स लिग अन्तर्गत बुधवार राति भएको समूह ईको खेलमा लिभरपुलले बेल्जियन क्लब जिङ्कमाथि शानदार जित निकालेको छ ।लिभरपुलले जिङ्कलाई ४–१ गोल अन्तरले हराएको हो । प्रिमियर लिगको शीर्ष स्थानमा रहेको लिभरपुलका लागि च्याम्पियन्स लिगको समूह चरण खेलमा जीत निकाल्न एलेक्स ओक्सलाडे चेम्बरलेन, साडियो माने र मोहमद सलाहको योगदान रह्यो । 

खेलको दोस्रो मिनेटमा नै एलेक्स ओक्सलाडे चेम्बरलेनको गोल मार्फत लिभरपुलले अग्रता लिएको थियो । प्रतिस्पर्धी जिङ्कले जवाफी गोल फर्काउन नसक्दा पहिलो हाफसम्म लिभरपुलले १-० को अग्रता बनाइराख्न सफल भयो ।
दोस्रो हाफको ५७औं मिनेटमा लिभरपुलका चेम्बरलेनले खेलामा व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता दोब्बर परे । ७७औं मिनेटमा साडियो मानेले पुन गोल गर्दै लिभरपुलका लागि ३-० को अग्रता दिलाए । तेस्रो गोलको ठिक  १० मिनेट पश्चात् मोहमद सलाहले लिभरपुलका लागि पुन एक गोल गर्दै खेल ३-० को अग्रतामा अघि बढाए । त्यसको एक मिनेटपछि जिङ्कका स्टेफन ओडेले गोल गरे पनि टोलीलाई खेलमा फर्काउन भने सकेनन् ।

जितसँगै समूह ‘ई’ मा लिभरपुल ३ खेलबाट ६ अङ्क जोडेर दोस्रो स्थानमा उक्लिएको छ । पराजित जिङ्क १ अङ्कसहित पुछारमा छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x