सिभिल बैंकको शाखा अब ललितपुरको नखिपोट मा

ज्ञानमाण्डू।समृद्धिका लागि सिभिल बैङ्क भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैङ्कले आफ्नो शाखा सञ्जालमा विस्तार गर्ने क्रममा आज ललितपुर जिल्लाको नखिपोटमा आफ्नो शाखा सञ्चालनमा ल्याएको छ । आज एक कार्यक्रमका बिच नेपाल राष्ट्र बैङ्कका कार्यकारी निर्देशक श्री देव कुमार ढकालले सिभिल बैङ्क लिमिटेडको नखिपोट शाखाको समुद्घाटन गरेका छन् ।

सोही अवसरमा बैङ्कको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत Community Child Care Centre लाई उक्त संस्थामा आश्रित बालबालिकाहरुका लागि २० थान ब्ल्याङ्केट प्रदान गरीयो । सो ब्ल्याङ्केट सिभिल बैङ्कका अध्यक्ष ई. इच्छा राज तामाङ्गद्वारा Community Child Care Centre की अध्यक्ष श्रीमती विष्णु थापालाई प्रदान गरियो ।

नखिपोट शाखा उद्घाटन गर्दै शुभकामना मन्तव्य दिने क्रममा उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल राष्ट्र बैङ्कका कार्यकारी निर्देशक श्री देव कुमार ढकालले नखिपोटमा शाखा स्थापना सँगै व्यापार व्यवसाय विस्तार तथा रोजगारी श्रृजनाका लागि अनुकूल वातावरणलाई प्रोत्साहन गरेकोमा बैङ्क लाई धन्यवाद दिँदै उक्त क्षेत्रका बासिन्दाहरूलाई आफूलाई आवश्यक पर्ने पुँजीको लागि बैङ्कबाट कर्जा लिई आफ्नो व्यवसाय विस्तार गर्न तथा आफूसँग भएको सानो सानो पुँजीलाई पनि बैङ्कमा राखी निर्धक्क भई ब्याज आर्जन गर्न आग्रह गरे । देश भरी समग्र बैंकिंग प्रणाली मार्फत हालसम्म करिब रु. ३५ खर्ब भन्दा बढी निक्षेप परिचालन गरी करिब रु. ३१ भन्दा बढी खर्ब कर्जा लगानी गरिएको पनि उनले बताए ।

उक्त अवसरमा सिभिल बैङ्कका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले सिभिल बैङ्क नखिपोट शाखाले यस क्षेत्रका सम्पूर्ण बचतकर्ता उद्यमी, व्यवसायी तथा स्थानीयहरूलाई उच्चस्तरीय बैकिंग सेवा तथा सुविधा उपलब्ध गराउने प्रतिबद्धता जनाउँदै यस क्षेत्रको अर्थतन्त्र उकास्नको लागी साना तथा मझौला व्यापार व्यवसाय लगायत अन्य व्यक्तिगत कर्जाहरू जस्तै घर कर्जा, सवारी कर्जा, शैक्षिक कर्जा जस्ता क्षेत्रमा लगानी बढाउने बताए ।

उक्त समारोहका सभापति तथा सिभिल बैङ्कका तथा कार्यक्रमका सभापति अध्यक्ष ई. इच्छा राज तामाङले बैङ्क भनेको आर्थिक समृद्धिको सहयात्री भएको र बैङ्कको सहभागिता बिना आर्थिक समृद्धि सम्भव नहुने बताए ।

उक्त शाखाको उद्घाटन समारोहमा सिभिल बैङ्कका सञ्चालकहरू लगायत सो क्षेत्रका राजनैतिक व्यक्तित्वहरू, उद्योगी, व्यवसायी, गन्यमान्य व्यक्ति तथा सर्वसाधारणको बाक्लो उपस्थिति थियो ।

सिभिल बैङ्कको हालसम्म ४३०,००० भन्दा बढी ग्राहकहरू रहेको करिब रु. ५४ अर्व भन्दा बढी निक्षेप परिचालन गरी करिब रु. ५२ अर्व कर्जा लगानी गरेको पनि बैङ्कले प्रेस विज्ञप्तिद्वारा  जनाएको छ ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x