लुम्बिनी विकास बैङ्कको नाफामा ५५.८१ प्रतिशतकाे वृद्धि, प्रतिशेयर आम्दानी कति ?

Lumbini Bikas Bank Limited

ज्ञानमाण्डू। लुम्बिनी विकास बैङ्कको नाफा ५५.८१ प्रतिशतले बढेकाे छ । आ.व. २०७७/७८ को चाैथाे त्रैमास सम्ममा बैङ्कले ४३ कराेड रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७८/७९ को चाैथाे त्रैमास सम्ममा बैंकले ६७ कराेड रुपैयाँ नाफा कमाएको देखिन्छ भने प्रतिशेयर आम्दानी २० रुपैयाँ ५७ पैसा रहेकाे छ ।

३ अर्ब २८ करोड रुपैयाँ चुक्ता पुँजी रहेको लुम्बिनी विकास बैङ्कले ४२ अर्ब ८७ कराेड रुपैयाँ निक्षेप संकलन गरी ३८ अर्ब ८ कराेड रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा २ अर्ब ५ करोड रुपैयाँ र संचित मुनाफा ४७ कराेड रूपैयाँ रहेको छ। 

बैंकको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी २९.७५ प्रतिशतले बढेर १ अर्ब ५७ करोड रुपैयाँ पुगेकाे छ । त्यस्तै बैंङ्ककाे वितरण याेग्य मुनाफा ४७ कराेड रुपैयाँ रहेकाे छ ।

बैंककाे निष्कृय कर्जा अनुपात १.६८ प्रतिशत छ भने प्रतिशेयर नेटवर्थ १७७ रुपैयाँ १९ पैसा र पछिल्लाे काराेबार मूल्य रू ३३६ काे आधारमा मूल्य आम्दानी अनुपात १६.३३ गुणा रहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x