बैंकिङ कसुरका मुद्दाहरु बढ्दो


ज्ञानमाण्डू।मुलुकी अपराधसंहिता लागू भएसँगै जिल्लामा चेक अनादार तथा बैङ्किङ कसुरका घटना बढेको छ । जिल्ला प्रहरी कार्यालय चितवनको तीन वर्षीय तथ्याङ्क हेर्ने हो भने यो मुद्दा दर्ता हुने क्रम बढ्दो सङ्ख्यामा छ । 

प्रहरीको तथ्याङ्कअनुसार चालू आव २०७६-७७ को माघसम्म बैङ्किङ कसुर शीर्षकमा ६३ वटा मुद्दा दर्ता भएका छन् । आव २०७५-७६ भदौबाट सुरु भएको यो संहिताका कारण बैङ्किङ कसुरमा मुद्दाहरू दर्ता हुने क्रम बढेको हो । संहिता लागू भएको वर्ष बैङ्किङमा ६२ वटा मुद्दा दर्ता भएको कार्यालयले जनाएको छ । 

यस्तै आव ०७४-७५ मा बैङ्किङ कसुरसम्बन्धी एउटा मात्रै मुद्दा दर्ता भएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक एकनारायण कोइरालाले बढ्दो आर्थिक कारोवारसँगै बैङ्किङ कसुरका मुद्दाहरू बढ्दै गएको बताए । पैसा दिनका लागि चेक दिने तर खातामा पैसा नहुने समस्याले नागरिक पीडित हुँदै गइरहेको उनको भनाइ थियो । 

जिल्लामा बैङ्किङ कसुरसम्बन्धी मुद्दा बढ्दै गएको भए पनि यसका लागि जिल्ला अदालतमा बेन्च नहुँदा समस्या आएको उनले बताए ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x