क्रिकेट–नेपालको पहिलो जीत

ज्ञानमाण्डू।थाइल्याण्डमा जारी एसिसी इस्टर्न रिजन पुरुष टि ट्वान्टी कप क्रिकेटमा नेपालले आयोजक थाइल्याण्डलाई पराजित गर्दै प्रतियोगितामा पहिलो जीत दर्ता गराएको छ ।

बैंककको टेर्डथाई क्रिकेट मैदानमा आज सम्पन्न खेलमा नेपालले थाइल्याण्डलाई ९ विकेटले पराजित गर्दै प्रतियोगितामा पहिलो जीत दर्ता गराएको हो । यस जीतसँगै नेपालले टि ट्वान्टी क्रिकेटमा सबैभन्दा छिटो जीत हासिल गरेको हो । यसअघि गत जुलाईमा सिङ्गापुरमा भएको आइसिसी टि ट्वान्टी एसिया रिजन छनोटमा कुवेतले प्रस्तुत गरेको १४२ रनको लक्ष्य नेपालले १५ दशमलव ३ ओभरमा ३ विकेट गुमाउँदै पूरा गरेको थियो ।

टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थाइल्याण्डले दिएको ६७ रनको सामान्य लक्ष्य नेपालले ५ दशमलव ३ ओभरमा एक विकेट गुमाउँदै पूरा गर्‍यो । नेपालको जीतमा शुरुआती ब्याट्सम्यान कुशल मल्लले अविजित रहँदै ३६ रनको योगदान दिए । त्यसै गरी पवन सर्राफले अविजित २७ रन बनाउँदा पारस खड्काले ९ रन जोड्दै बाहिरिनु पर्‍यो । 

बलिङतर्फ थाइल्याण्डका नोप्पोन सेनामोन्त्रीले १ विकेट लिए । त्यसअघि टस पहिले ब्याटिङ गरेको थाइल्याण्डले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै ६६ रनमा समेटिएको थियो ।

थाइल्याण्डका लागि हेन्नो जोर्डन र फिरियापोङ सुआनचुईले समान १३-१३ रन जोड्नुभयो भने नाभिद पठानले ८ तथा जिउल हकले ५ रन बनाए । थाइल्याण्डलाई सस्तैमा समेट्ने क्रममा नेपालका करण केसी एक्लैले ३ विकेट लिए भने अविनाश बोहराले २ विकेट तथा भुवन कार्की र सन्दीप लामिछानेले १/१ विकेट लिए।

जीतसँगै नेपालले ३ खेलमा २ अङ्क जोडेको छ भने शीर्ष दुईमा रहँदै एसिया कप छनोटमा पुग्ने सम्भावना कायम राखेको छ तर नेपालको एसिया कप छनोट हुने सम्भावना भने अन्य टोलीको खेलमा भर पर्नु पर्नेछ । 

आजै हुने अर्को हङकङ र सिङ्गापुरविरुद्धको खेलमा हङकङले सिङ्गापुरलाई हराएको खण्डमा नेपालको एसिया कप छनोट खेल्ने सम्भावना कायमै रहने छ तर सिङ्गापुरले खेल जितेमा नेपालको एसिया कप छनोट खेल्ने सम्भावना समाप्त हुनेछ । 

यसअघि नेपाल पहिलो खेलमा मलेसियासँग २२ रनले पराजित भएको थियो भने दोस्रो खेलमा नेपाल हङकङसँग ४३ रनले पराजित भएको थियो । यता थाइल्याण्डको भने यो लगातार चौथो हार हो । नेपालले अब आफ्नो अन्तिम खेल शुक्रवार सिङ्गापुरसँग खेल्ने छ ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x