महुली लघुवित्तकाे नाफा १० करोड ८५ लाख

Mahuli Laghubitta Bittiya Sanstha Limited

ज्ञानमाण्डू। आ.व. २०७७/७८ को चौथो त्रैमास सम्ममा महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले ९ कराेड ८० लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७८/७९ को चौथो त्रैमास सम्ममा लघुवित्तले १० कराेड ८५ लाख रुपैयाँ नाफा कमाएको देखिन्छ ।

२८ करोड २१ लाख रुपैयाँ चुक्ता पुँजी रहेको महुली लघुवित्तले ४ अर्ब ४६ करोड ६५ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। त्यस्तै, महुली लघुवित्तले २ अर्ब २५ करोड ७० लाख रुपैयाँ सापटी लिएको छ भने जगेडा कोषमा २९ करोड २२ लाख रुपैयाँ रहेको छ।

महुली लघुवित्तको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी १९.५ प्रतिशतले बढेर २८ करोड ४१ लाख रुपैयाँ पुगेको छ । लघुवित्तमा निष्क्रिय कर्जा अनुपात १.५० प्रतिशत छ । लघुवित्तको प्रतिशेयर आम्दानी ३८ रुपैयाँ ४८ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ २०३ रुपैयाँ ५६ पैसा छ र पछिल्लाे काराेबार मूल्य रू ११४६ काे आधारमा मूल्य आम्दानी अनुपात २९.७८ गुणा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x