कालिका लघुवित्तको नाफामा १३२.७२ प्रतिशतको वृद्धि, प्रतिशेयर आम्दानी पनि बढ्यो


ज्ञानमाण्डू। कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा १३२.७२ प्रतिशतले बढेकाे छ । आ.व. २०७७/७८ को चाैथाे त्रैमास सम्ममा लघुवित्तले ५ करोड ५२ लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७८/७९ को चाैथाे त्रैमास सम्ममा लघुवित्तले १२ करोड ८४ लाख रुपैयाँ नाफा कमाएको देखिन्छ ।

३१ करोड २८ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कालिका लघुवित्तले ३ अर्ब ९१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। त्यस्तै, लघुवित्तले १ अर्ब ८६ करोड रुपैयाँ सापटी लिएकाे छ भने जगेडा कोषमा २२ करोड ७३ लाख रुपैयाँ रहेको छ ।

कालिका लघुवित्तको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी १.१३ प्रतिशतले बढेर २९ करोड ४७ लाख रुपैयाँ पुगेकाे छ । लघुवित्तको प्रतिशेयर आम्दानी ४१ रुपैयाँ ७ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १७२ रुपैयाँ ६८ पैसा छ र पछिल्लाे काराेबार मूल्य रू ११२२ काे आधारमा मूल्य आम्दानी अनुपात २७.३२ गुणा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x