वर्षाले जागेको बाली

ज्ञानमाण्डू।हरेक वर्ष मुस्किलले एक बाली लगाउने पश्चिम जाजरकोटका स्थानीयवासी यस पटक दुई बाली लगाउँदा खुसी भएका छन् । उत्पादनका हिसाबले आयातित अन्न प्रयोग गर्न बाध्य स्थानीयवासी यस पटकको वर्षाले दुई बाली लगाउन पाउँदा खुसी भएका हुन् । वर्षा याममा आकाशे पानीको भरमा मकै खेती गर्दै आएका पश्चिम जाजरकोटका स्थानीयवासी अहिले हिउँद याममा पनि सोचे जति पानी परेपछि गहुँबालीसमेत खेतबारीमा फलाउन पाउँदा खुसी भएको छेडागाड नगरपालिका–५ का रेसम शाहीले जानकारी दिए । 

“हाम्रो गाउँमा सिँचाइको सुविधा छैन, आकाशे पानीको भरमा खेती लगाउनुपर्छ, यो पटक हिउँद याममै प्रशस्त पानी परेपछि गहुँबाली सप्रिएको छ ”, उनको भनाइ छ । यहाँजस्तै जुनिचाँदे गाउँपालिका–७ का महेन्द्र खड्काको खुसी कम छैन । उनको जमीनमा पनि यो पटक दुई बाली लगाउने अवसर जुटेको भन्दै खुसी भएको बताए । 

उनले भने , “यस्तै हरेक वर्ष वर्षा भएको भए बाहिरबाट अन्न बेसाएर ल्याउनुपर्ने थिएन । हाम्रो खेतबारीमा उत्पादन गरेको अन्नले छ महिना नपुग्ने भएकाले बाहिरबाट चामल ल्याएर खानुपर्ने बाध्यता छ । सायद यो वर्ष अन्न खरिद गर्नुपर्दैन होला ।” मकै बाली उत्पादनका हिसाबले मुख्य बाली हो । धान उत्पादन गर्ने खेत नहुँदा चामलका लागि खाद्य संस्थान र स्थानीय बजारको विकल्प नभएको छेडागाड नगरपालिका–३ दशेराका स्थानीयवासी टेकबहादुर थापाले बताए । 

तीन स्थानीय तह पश्चिम जाजरकोटमा पर्दछन् । खेतीयोग्य जमिन धेरै भए पनि सिँचाइ सुविधा नहुँदा वर्षा याममा मकै, कोदोले भरिभराउ हुने जमिन हिउँद याममा रित्तो हुने गरेको स्थानीयवासी बताउँछन् । हिउँद याममा पानी परेमा मात्र गहुँबाली स्थानीयवासीले लगाउँछन् । “जमिन भएर के गर्नु, सिँचाइ नहुँदा बाँझो राख्नुको विकल्प छैन”, छेडागाड नगरपालिका–१२ का वडाध्यक्ष प्रेम खत्रीले भने, “नगरपालिकासँग ठुलो बजेट छैन, अब प्रदेश र सङ्घ सरकारको भर पर्नुपर्ने बाध्यता छ ।” 

छेडागाड नगरपालिका, जुनिचाँदे गाउँपालिका र शिवालय गाउँपालिकामा १५ प्रतिशत खेतीयोग्य जमीनमा मात्र धौधौले सिँचाइ सुविधा पुगेको छेडागाड नगरपालिकाका नगरप्रमुख लालबहादुर महतराले बताए । उनले भने, “हामीसँग बजेट छैन, प्रदेश र सङ्घ सरकारसँग सिँचाइका लागि अनुरोध गरेका छौँ ।” उनका अनुसार वडा नं ११ को ढुङ्गिल सिँचाइ आयोजना र वडा नं १० को नाउलीखेत सिँचाइ आयोजना निर्माण जारी छ । वडा नं १२ सालवगर र वडा नं १ खाराखेतमा सिँचाइ आयोजना निर्माण भई कृषकले सिँचाइ सुविधा उपभोग गरिसकेका छन् । 

किसानसँग नगरप्रमुख कार्यक्रम: 

कृषकको जीवनस्तर सुधार्नका लागि छेडागाड नगरपालिकाले जनतासँग नगरप्रमुख कार्यक्रम सञ्चालन गरेको छ । रु ४० लाख रकम विनियोजन गरेर जनतासँग नगरप्रमुख कार्यक्रम सञ्चालनमा ल्याइएको नगरपालिकाका सूचना अधिकृत देवबहादुर बुढाले जानकारी दिए । यो कार्यक्रममार्फत सहकारी, समूह र उत्पादन समूहलाई बजेट उपलब्ध गराएर कृषकको जीवनस्तर माथि उठाउने लक्ष्य लिइएको नगर प्रमुख महतराले जानकारी दिए । 

उत्पादनका हिसाबले कुन ठाउँमा के बाली बढी उत्पादन हुन्छ सोही हिसाबले पकेट क्षेत्र घोषणा गरेर काम गर्ने योजनाका साथ अगाडि बढेको उनको तर्क छ । यो वर्ष कृषकलाई खेतबारी जोत्न सजिलो होस् भनी हातेट्र्याक्टर, टिमुर टिप्दा प्रयोग हुने औजार वितरण गरिरहेको छ । त्यस्तै वन तथा वातावरण मन्त्रालयबाट वडा १, २ र ३ मा टिमुरका लागि विशेष क्षेत्र घोषणा गरी काम सुरु भएको छ । नगरपालिकाले नगरका सबै वडामा टिमुर खेतीका लागि अघिल्लो वर्ष ५५ हजार बेर्ना उत्पादन गरी कृषकलाई वितरण गरेको थियो भने अहिले वडा नं १२ मा ६५ हजार बेर्ना उत्पादन भइरहेको छ । मौसमअनुसारको बीउसमेत वितरण गरिएको बताइएको छ ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x