एनएमबि बैंकको नाफा ४७.४० प्रतिशतले वृद्धि

ज्ञानमाण्डू। एनएमबि बैंकको नाफा ४७.४० प्रतिशतले बढेकाे छ । गत आ.व.को यसै अवधिमा बैङ्कले १ अर्ब १० करोड ९९ लाख ४२ हजार नाफा कमाएको थियो भने अहिले १ अर्ब ६३ कराेड ६० लाख ७६ हजार नाफा कमाएको देखिन्छ ।

११ अर्ब ५२ करोड ९७ लाख ४२ हजार रुपैयाँ चुक्ता पुँजी रहेको एनएमबि बैंकले १ खर्ब २६ अर्ब ४२ करोड ९० लाख ५९ हजार रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब १३ अर्ब ६३ करोड ७० लाख ५३ हजार रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा ५ अर्ब २१ करोड १५ लाख ९७ हजार रुपैयाँ र संचित मुनाफा १ अर्ब ४५ कराेड ६५ लाख २ हजार रूपैयाँ रहेको छ ।

बैंकको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ३६.३४ प्रतिशतले बढेर २ अर्ब ७३ करोड ४३ लाख ९० हजार रुपैयाँ पुगेकाे छ । बैङ्कमा निष्कृय कर्जा अनुपात १.९६ प्रतिशत छ । बैङ्कको प्रतिशेयर आम्दानी २८ रुपैयाँ ३८ पैसा छ भने प्रतिशेयर नेटवर्थ १८८ रुपैयाँ ५५ पैसा छ र मूल्य आम्दानी अनुपात १२.६५ गुणा छ ।

As on  29th Poush 2076 BS

विवरण
दोस्रो त्रैमास २०७६
      (रू हजारमा)
चुक्ता पुँजी
रू ११,५२,९७,४२  
निक्षेप संकलन
रू १,२६,४२,९०,५९  
कर्जा लगानी
रू १,१३,६३,७०,५३  
खुद ब्याज आम्दानी
रू २,७३,४३,९० 
नाफा/(नाेक्सान)
रू १,६३,६०,७६  
जगेडा कोष
रू ५,२१,१५,९७  
संचित मुनाफा
रू २,४५,६५,०२  
निष्कृय कर्जा
१.९६%
प्रतिशेयर आम्दानी
२८ रुपैयाँ ३८ पैसा
प्रतिशेयर नेटवर्थ
१८८ रुपैयाँ ५५ पैसा
आम्दानी अनुपात
१२.६५ गुणा


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x