ग्लोबल आइएमई बैंकको नाफा ३७. १३ प्रतिशतले वृद्धि


ज्ञानमाण्डू। ग्लोबल आइएमई बैंकको नाफा ३७. १३ प्रतिशतले बढेकाे छ । गत आ.व.को यसै अवधिमा बैङ्कले १ अर्ब २२ करोड ९३ लाख ८६ हजार नाफा कमाएको थियो भने अहिले १ अर्ब ६८ कराेड ५९ लाख ८ हजार नाफा कमाएको देखिन्छ ।

१८ अर्ब ९७ करोड ५८ लाख ८० हजार रुपैयाँ चुक्ता पुँजी रहेको ग्लोबल आइएमई बैंकले १ खर्ब ९७ अर्ब ४१ करोड १३ लाख १९ हजार रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ९० अर्ब ५२ करोड ६५ लाख ३८ हजार रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा ७ अर्ब ४८ करोड ४१ लाख ८९ हजार रुपैयाँ र संचित मुनाफा १ अर्ब ९ कराेड ४० लाख ११ हजार रूपैयाँ रहेको छ ।

बैंकको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ४९.०४ प्रतिशतले बढेर ३ अर्ब ५४ करोड ८६ लाख ९८ हजार रुपैयाँ पुगेकाे छ । बैङ्कमा निष्कृय कर्जा अनुपात १.२ प्रतिशत छ । बैङ्कको प्रतिशेयर आम्दानी २२ रुपैयाँ ५३ पैसा छ भने प्रतिशेयर नेटवर्थ १४५ रुपैयाँ २३ पैसा छ र मूल्य आम्दानी अनुपात १३.१० गुणा छ ।

As on  29th Poush 2076 BS

विवरण
दोस्रो त्रैमास २०७६
      (रू हजारमा)
चुक्ता पुँजी
रू १८,९७,५८,८० 
निक्षेप संकलन
रू १,९७,४१,१३,१९ 
कर्जा लगानी
रू १,९०,५२,६५,३८ 
खुद ब्याज आम्दानी
रू ३,५४,८६,९८ 
नाफा/(नाेक्सान)
रू १,६८,५९,०८ 
जगेडा कोष
रू ७,४८,४१,८९ 
संचित मुनाफा
रू १,०९,४०,११ 
निष्कृय कर्जा
१.२%
प्रतिशेयर आम्दानी
२२ रुपैयाँ ५३ पैसा
प्रतिशेयर नेटवर्थ
१४५ रुपैयाँ २३ पैसा
आम्दानी अनुपात
१३.१० गुणा


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x