माछापुच्छ्रे बैंकका ग्राहकले MI Xiaomi and Poco फोन 0% EMI मा पाउने



ज्ञानमाण्डू। माछापुच्छ्रे बैंक लि. का ग्राहकले MI Xiaomi and Poco बा्रन्डको मोबाईल तथा अन्य इलेक्ट्रोनिक सामानहरु 0% EMI मा पाउने भएका छन् । ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै माछापुच्छ्रे बैंक र Vastal Impex Pvt. Ltd. बीच बैंकको Instapay सुविधा मार्फत मोवाइल तथा अन्य इलेक्ट्रोनिक सामानहरु खरिद गर्दा विशेष सहुलियत प्रदान गर्ने सम्बन्धी सम्झौता भएको बैंकले जनाएकाे छ । उक्त सम्झौतापत्रमा Vastal Impex Pvt. Ltd. को तर्फबाट डाईरेक्टर श्री नितेश कुमार मन्द्रु तथा माछापुच्छ्रे बैेंकको तर्फबाट नायब प्रमुख डिजिटल बैंकिङ्क श्री विनय रेग्मीले हस्ताक्षर गर्नुभएको थियो ।

सम्झौता पछि बैंकका ग्राहकहरुले ६ देखि ९ महिनासम्मका लागि 0% EMI मा Instapay मार्फत रु पन्ध्र हजार देखि MI Xiaomi and Poco बा्रन्डको मोबाईल तथा अन्य इलेक्ट्रोनिक सामानहरु खरिद गर्न सक्नेछन् । बैंकका ग्राहकहरूले उक्त सुविधा बैंकको के्रडिट कार्ड तथा Instapay बाट पाउन सक्नेछन् । हाललाई यो सुविधा Vastal Impex Pvt. Ltd को काठमाण्डौ स्थित showroom मार्फत प्रदान गरिने बैंकले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x