अग्र्यानिक नगर बनाउन कम्पोष्ट मल तथा वायोग्याँस उद्योगको निर्माण

ज्ञानमाण्डू।दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा सञ्चालन गर्न लागिएको कम्पोष्ट मल तथा वायोग्याँस उद्योगको काम अन्तिम चरणमा पुगेको छ । 

पन्ध्र वडा रहेको यस नगरपालिकालाई पूर्णरुपमा अर्ग्यानिक नगर बनाउने उद्देश्यले सुरु गरिएको उक्त निर्माणाधीन कम्पोष्ट मल तथा वायोग्याँस उद्योगका लागि आवश्यक मेसिन जडान यसै महिना सकिने र त्यसपछि कम्पोष्ट मल र वायोग्याँस उत्पादन सुरु हुने जनाइएको छ । 

उद्योगका लागि विद्युत्बाहेक सबै संरचना निर्माणको काम सम्पन्न भइसकेको र यही माघको अन्तिमसम्ममा सञ्चालनमा ल्याउने तयारी भएको नगरप्रमुख दीपनारायण रिजालले बताए । “विद्युत्को पोल, तार तथा ट्रान्सफर्मरलगायतका सबै सामान तयार गरी जडानको काम धमाधम भइरहेको छ”, रिजालले भनेका छन्, “विद्युत्को काम सकिनासाथ उद्योगबाट कम्पोष्ट मलका साथै वायोग्याँस उत्पादन सुरु हुन्छ ।” 

नगरपालिकाले आगामी पाँच वर्षभित्र नगर क्षेत्रलाई पूर्ण अर्ग्यानिक बनाउन यो योजना सञ्चालन गरिएको नगरप्रमुख रिजालले बताएका  छन् । “आगामी पाँच वर्षभित्र नगर क्षेत्रलाई पूर्ण अर्ग्यानिक बनाइनेछ”, उनले भने, “यसका लागि नेपाल सरकारले दिने विशेष अनुदानबापतको रु तीन करोड ३२ लाख लगानी गरिएको छ ।” 

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजार तथा आसपासको फोहरलाई प्रशोधन गरेर कम्पोष्ट मल उत्पादन गर्ने तथा मानव मलमूत्रलाई प्रयोग गरेर वायोग्याँस उत्पादन गर्दै अर्ग्यानिक नगर बनाउने अभियान थालिएको नगरप्रमुख रिजालले जानकारी दिएका छन्  । “उत्पादित ग्याँसलाई सिलिन्डरमा भरेर भान्छामा उपयोग गर्ने र बाँकी रहेको फोहर मैलालाई मलकै रूपमा प्रयोग गर्ने योजना बनाएका छौँ”, उनले भने , “यसले नगरपालिकालाई स्वच्छ र सफा राख्न मद्दत गर्नुका साथै अर्ग्यानिक नगर बनाउन टेवा पुग्नेछ ।” 

उद्योगका लागि काठमाडौँ स्थित पर्मा कल्चर समूहले सामग्री ढुवानी र जडानको जिम्मा लिएको नगरपालिकाले जनाएको छ । चीनमा बनेको उक्त मेसिनले प्रति घण्टा एक टन कम्पोष्ट मल उत्पादन गर्ने प्राविधिक गणेश सिङ्केमनले जनाएका छन् ।

कम्पोष्ट मल उत्पादनपछि नगर क्षेत्रमा अर्ग्यानिक अभियान सुरु हुने र पूर्णरुपमा रासायनिक मललाई रोक लगाइने नगरप्रमुख रिजालले बताए । “उद्योगबाट उत्पादित कम्पोष्ट मल प्रयोग गर्दै नगर क्षेत्रमा पूर्णरुपमा अर्ग्यानिक कृषि उत्पादन गरेर विश्व बजारसम्म पुर्‍याउने लक्ष्य राखिएको छ”, रिजालले भनेका छन्, “यसले नगरपालिकाको आर्थिक समृद्धिमा समेत सघाउ पुग्ने अपेक्षा गरिएको छ ।” 

१० स्थानीय तह रहेको जिल्लाको सबैभन्दा ठुलो यस नगरपालिकाका थुप्रै वडा यसअघि नै अर्ग्यानिक वडा भइसकेका छन् । नगरपालिकाको वडा नं ९ निर्मलीडाँडा, १० पाथेका, ११ खार्मी, १२ जालपा, १३ नुनथलालगायतका वडा अर्ग्यानिक बनिसकेकाले अब अन्य वडासमेत पूर्णरूपमा अर्ग्यानिक बन्ने प्रक्रियामा रहेको जनाइएको छ । 

कम्पोष्ट मलको विकल्पविना पूर्णरुपमा अर्ग्यानिक बनाउन नसकिने भएकाले कम्पोष्ट मल उत्पादन सुरु गरिएको नगरपालिकाले जनाएको छ । विशेष प्राथमिकताका साथ अघि सारिएको अर्ग्यानिक नगर बनाउने अभियानअन्तर्गत यसअघि सम्बन्धित सरोकारवाला व्यक्तिसँगको सहभागितामा रासायनिक मल तथा विषादी प्रयोगले मानव स्वास्थ्यमा पार्ने असरका विषयमा छलफल तथा अन्तर्क्रियासमेत गरिएको थियो । 

जिल्लाको सदरमुकामसमेत रहेको नगरपालिकालाई व्यवस्थित ढङ्गले अर्ग्यानिक नगर बनाउने अभियानअन्तर्गत रासायनिक मलको अनुदानमा रोक लगाउँदै कम्पोष्ट प्लान्टको विकल्प सँगसँगै अघि सारिएको नगरप्रमुख रिजालले बताए । नगर कार्यपालिका सदस्य गङ्गाबहादुर विश्वकर्माले निःशुल्क उपलब्ध गराउनुभएको जग्गामा कम्पोष्ट मल तथा वायोग्याँस उद्योग सञ्चालन गर्न लागिएको जनाएका छन् ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x