सुदूरपश्चिमको देउडा भाकामा रमाउँदै र उदाउँदै ‘रेखा’

ज्ञानमाण्डू।‘कामप्रतिको लगाव र परिश्रमले जुनसुकै क्षेत्रमा सफल भइन्छ’ भन्ने उदाहरण युवा देउडा गायिका रेखा जोशी बनेकी छिन् । पछिल्लो समय उनले आफूलाई सुदूरपश्चिमको देउडा क्षेत्रमा अब्बल साबित गराउन सफल भएकी हुन् । 

पाँच वर्षअघि मात्रै देउडा गायन क्षेत्रमा उनी प्रवेश गरेकी थिइन् । कञ्चनपुरको भीमदत्तनगरपालिका–७ हल्दुखा निवासी उनका कर्णप्रिय देउडा गीत सुन्न श्रोता औधी मन पराउँछन् । उनी यहाँका देउडा पारखीको मनमनमा पस्न सफल भएकी छिन् । उनले पाँच वर्षको अवधिमा ७०० भन्दा बढी देउडा, लोक तथा सुदूरपश्चिमको ठाँडी भाकामा स्वर दिइसकेकी छिन् ।

उनले विसं २०७१ मा ‘घुटुक्क बाडुली लाग्या’ बोलको गीतमा पहिलो पटक स्वर दिएकी थिइन् । यसपछि देउडा गीत बजारमा आउने क्रम रोकिएको छैन । “तीन वर्षअघि बजारमा आएको ‘मैना’ एल्बमले सुदूरपश्चिमको देउडा क्षेत्रमा मलाई परिचित गरायो ।” उनले भनिन् , “मैना गीत युट्युबमा समेत २६ लाखभन्दा बढीले हेरे ।” 

उनी काठमाडौँको शङ्करदेव क्याम्पसमा स्नातकोत्तर तहको अध्ययन गायिका जोशी यति बेला सुदूर र कर्णाली प्रदेशका भइरहेका मेला महोत्सवको कार्यक्रममा व्यस्त रहेकी छिन् । 

“देउडाले पनि सुदूरपश्चिमलाई मुलुकभर चिनाएको छ ।” उनले भनिन्, “विदेशमा पनि नेपाली देउडा भन्नासाथ हुरुक्कै हुन्छन् ।” प्रदेशको पीडा, सुदूरपश्चिमको कला, संस्कृतिलाई संरक्षण एवं सम्वद्र्धनमा समेत देउडा गीत सहयोग बन्दै आएको र आफू यहाँका पर्यटकीय स्थलको समेत साङ्गीतिक यात्रामार्फत प्रचारप्रसारमा जुटिरहेको उनले बताइन् । 

“भारतको दिल्ली, बैंग्लोर, मुम्बईदेखि कतार, दुबई, कोरियासम्म देउडा गायनका क्रममा पुगेको छ ।” उनले भनिन्, “गायनबाट अध्ययनलाई प्रभावित हुन दिएको छैन ।” हाल सुदूरपश्चिम प्रदेशको लोकदोहोरी प्रतिष्ठानको सदस्यसमेत रहनुभएकी गायिका जोशीले आफू स्कुले समयदेखि नै गायनमा बाबुआमासँगै लागेको बताइन् ।

“बुवा र आमा पनि देउडा गीत राम्रै गाउनुहुन्थ्यो ।” उनले भनिन्, “दुवै दाजुहरूले पनि गायनका क्रममा स्टुडियो पुर्‍याउनसम्म ठुलो सहयोग गरे ।” करिब तीन वर्ष यहाँको स्थानीय रेडियोमा कामसमेत गर्नुभएकी जोशीलाई विगत केही वर्षयता यहाँका हरेक साङ्गीतिक तथा सांस्कृतिक कार्यक्रममा स्थान दिँदै आइएको छ । “बैङ्किङ क्षेत्रमा जाने ठुलो चाहना थियो ।” उनले भनिन् , “देउडा यहाँको संस्कृति भएकाले पनि हामी युवा पुस्ता यसको जगेर्नामा लाग्नुपर्छ ।” 

पछिल्लो समय यहाँको देउडा गायन क्षेत्रमा निकै सक्रिय र व्यस्त रहेकी जोशीले लोप हुन लागेको देउडामा नयाँ क्रेज थपिएको बताछिन् । “युवापुस्ता पनि देउडामा नयाँपन ल्याउँदा झम्मिरहेको देख्छु ।” उनले भनिन्, “गायनबाटै सम्मान र दामसमेत पाएकै छु ।” पछिल्लो समय युवापुस्तामाझ निकै लोकप्रिय बनेका देउडा गायक लालबहादुर धामी (अछामी बड्डो) ले गायिका रेखा जोशी छोटो समयमै सफल कलाकारका रूपमा लिन्छन  । “देउडामा थोरै समयमा रेखाले राम्रो प्रगति गरिन्न ।” उनले भने , “उनलाई यहाँका अग्रजको पनि साथ र सहयोग छ ।”रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x