भ्रमण वर्षका सामग्रीले अन्तराष्ट्रिय बजार जमाउँदै

ज्ञानमाण्डू।भ्रमण वर्ष सफल बनाउन देश विदेशमा विभिन्न प्रचारात्मक अभियान सुरु भएका छन् । २० लाख पर्यटक भित्र्याउने योजनासहित थालिएको यस अभियानलाई निजी क्षेत्रले पनि साथ दिँदै प्रचारात्मक अभियानमा जुटेका छन् । 

अहिले भ्रमण वर्षको लोगो अङ्कित स्वेटर, गलबन्दी, झोला, टोपीले आन्तरिक तथा बाह्य बजार जमाउन सुरुआत गरेका छन् । ती आकर्षक सामग्रीको माग निकै बढिरहेको छ । बुटवलको तिलोत्तमा नगरपालिका रुपन्देहीमा स्थापना भएको लिडास फेसन निटवेयर प्रालिले भ्रमण वर्ष प्रचारसँगै व्यावसायिक सिर्जनात्मक शुरुआत गरेको छ । सो प्रालीले भिजिट नेपाल २०२० पोखरा र गण्डकी प्रदेशको लोगो अङ्कित स्वेटर र गलबन्दी, टोपी र झोला बजारमा ल्याएको छ । 

कम्पनीका प्रबन्ध निर्देशक इन्द्र खड्का १५ वर्ष विदेश बसेर फर्केर स्वदेशी उत्पादनमा सिर्जनात्मक कार्यमा लागेका हुन् । पोखरामा महानगरपालिका–५ सामाजिक अभियन्ता अञ्जु क्षेत्रीसहित पाँच जनाले रु सात करोड लगानीमा स्थापित सो उद्योगमा ७० ले रोजगारी पाएका छन् । 

बजार व्यवस्थापनको जिम्मेवारीसमेत सम्हाल्नुभएकी क्षेत्रीले मुलुक समृद्धिका लागि विदेशी उत्पादन होइन स्वदेशी उत्पादनबाट सम्भव हुने भएकाले व्यवसायमा लागेको जानकारी दिए । “म राजनीति गर्छु, सामाजिक अभियन्ता पनि हुँ तर म उद्यम व्यवसाय बिना मेरो कामले सामाजिक उत्तरदायित्व पूरा गर्न सक्दैन । अब केही न केही इलमबाट अगाडि बढ्नुपर्छ भन्ने सोचेर व्यवसायमा लगानी गरेकी हुँ ।”- उनले भन्दै अहिले देश विदेशबाट स्वेटर, टोपी, गलबन्दी, झोलाको माग बढिरहेको उत्पादनलाई अमेरिका, स्वीट्जरल्याण्ड, बेलायत, अस्ट्रेलियामा पनि पुर्‍याइ सकिएको जानकारी दिए । उनले विदेशी पर्यटकलाई नेपालको कोशेलीका रूपमा दिनसमेत यसको प्रयोग गरिएको र यसले भ्रमण वर्षको प्रचारलाई समेत सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x