गगनचुम्बी भवनले हिमाल देख्न पाइएन:शताब्दी पुरुष

ज्ञानमाण्डू।शताब्दी पुरुष सत्यमोहन जोशीले विसं १९९० को भूकम्प पश्चात् उपत्यकावासी काठमाडौँको टुँडिखेलमा गएर रात बसेको स्मरण गरेका छन् । उनले भने , “त्यस बेला टुँडिखेल एशियाको सबैभन्दा ठुलो ठाउँ थियो । हाल टुँडिखेल सानो बन्दै गएको हुँदा त्यसको संरक्षणमा सरकारले ध्यान दिनुपर्ने देखिन्छ ।” राष्ट्रिय भूकम्प सुरक्षा दिवस–२०७६ का अवसरमा ललितपुर महानगरपालिकाद्वारा बिहीबार आयोजित कार्यक्रममा शताब्दी पुरुष जोशीले विगतमा टुँडिखेलबाट हिमाल र पहाड छर्लङ्ग देखिने स्मरण गरे । उनले अग्ला घरका कारण हिमाल छेकिन पुगेको गुनासो जोशीले गरे । 
कार्यक्रममा ललितपुर महानगरपालिकाका उपप्रमुख गीता सत्यालले पाटनमा सम्भाव्य जोखिम न्यूनीकरणका गर्न भवन निर्माण आचारसंहितालाई अनिवार्य लागू हुनुपर्ने बताए । ललितपुरका प्रजिअ भगीरथ पाण्डेले भविष्यमा दोहोरिने सङ्कटको विचार गरी निजी घर बनाउन आग्रह गरेका छन् । यसअघि जावलाखेल चोक वडा नं ४ वडा कार्यालय अगाडिबाट निक्लेको प्रभात फेरी पाटन दरबार स्क्वायर हुँदै भूकम्प स्मारक प्राङ्गणमा पुगी स्मृति सभामा परिणत भएको थियो ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x