वन्यजन्तुको चोरी शिकार वृद्धि

ज्ञानमाण्डू।जिल्लाका उच्च भेगमा हिमपात सुरु भएपछि वन्यजन्तुको चोरी सिकार गर्ने कार्य बढेको छ । जिल्लाका जोरायल, मन्नकापडी, नापानी, देउताल, मुस्ताल, गनगडेउडार, अनारखोला, मुथे, चौकुने, बोगटान, अल्लेवन तथा खप्तड क्षेत्र नजिकका जङ्गललगायत जङ्गलमा वन्यजन्तुको चोरी सिकार बढेको छ । 

उच्च लेकाली भेगमा दिनहुँ चारी सिकार भइरहेको स्थानीयवासी डम्मर मौनीले बताए । वन्यजन्तुको सिकार गर्नेहरू बन्दुक, भाला, खुकुरी लिएर दिनहुँ जङ्गल जान थालेका उनले जानकारी दिए । जिल्लाका लेकाली भेगमा बाक्लो हिमपात सुरुसँगै वन्यजन्तु बस्ती तथा झाडीतिर आउने भएकाले शिकारी सिकार खेल्न जाने गरेका हुन् । यहाँका शिकारीले कालिज, बँदेल, मृग, घोरल, बँदेल, जरायो, रतुवालगायतका वन्यजन्तुको सिकार गरी सुकुटी बनाएर स्थानीय बजारमा बिक्री गर्ने गरेका छन् । 

सिकार खेल्न स्थानीय आफ्नो छुट्टै समूह बनाइ एक दुई हप्तासम्म जङ्गलमै बस्ने गरेका जोरायल गाउँपालिका–५ का नीरज विष्टले बताए । उनले भने, “शिकारी समूह बनाएर जङ्गल छिर्ने गरेका छन्, उनीहरूले भरुवा बन्दुक तथा भाला, पासो प्रयोग गरी वन्यजन्तु मार्न थालेका छन्, रोक्न कसैले सकेको छैन ।” हिमपात भएको समयमा वन्यजन्तुको सिकार गर्न सजिलो हुने भएकाले उनीहरू अहिले हिमपातको मौका छोपी जङ्गल जान थलेका स्थानीयवासी बताउँछन् ।

यति मात्र नभई यहाँका कतिपय शिकारीले कुकुरसमेत प्रयोग गरेर मृगको शिकारसमेत गर्ने गरेका छन् । शिकारीले मारेका वन्यजन्तुको मासु तथा सुकुटी यहाँका प्रमुख व्यापारी केन्द्र दिपायल, राजपुर, पिपल्ला, गैरालगायतका ठाउँमा खुलेआम रूपमा बिक्री वितरण हुने गरेको छ । खुलेआम रूपमा वन्यजन्तुको चोरी शिकारसमेत सम्बन्धित निकायले त्यसको रोकथाम गर्न नसकेको स्थानीयवासीको आरोप छ । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले वन्यजन्तुको चोरी सिकार गर्नेलाई पक्राउ गरी कारबाही गरिने बताए । जिल्लाका उच्च भेग पर्ने तेलेलेक, देउताल र खप्तड राष्ट्रिय निकुञ्जमा हिमपात भएपछि वन्यजन्तु नापानी, मुथे, धनाडी, बगर, गोलादेउ, उदैनी, ढोलेपानी तथा दिपायल सिलगढीका विभिन्न जङ्गलमा आउने गर्छन् । 

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार संरक्षित पक्षी तथा वन्यजन्तुको सिकार गर्नेलाई पाँच वर्षदेखि १५ वर्षसम्म कैद र नगद रु ५० हजारदेखि रु एक लाखसम्म जरिवाना हुन सक्ने कानुनी प्रावधान छ । अहिलेसम्म जिल्लामा वन्यजन्तु चोरी सिकार गर्ने कोही पनि पक्राउ तथा कारबाहीमा नपर्दा चोरी सिकार गर्नेको मनोबल बढेको बताइएको छ ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x