सुत्केरीलाई वडा कार्यालयबाटै पोषणयुक्त खानेकुरा खान भत्ता

ज्ञानमाण्डू।सुत्केरीलाई शुक्लाफाँटा नगरपालिका वडा नं ३ ले पोषणयुक्त खानेकुरा खानका लागि भत्ताको रकम उपलब्ध गराउने व्यवस्था गरेको छ । निरन्तररुपमा दुई वर्षदेखि सुत्केरी भएकालाई पोषणयुक्त खानेकुरा खानका लागि भत्ताको रकम उपलब्ध गराइँदै आएको वडाध्यक्ष नरेन्द्रप्रसाद चौधरीले बताए । 

“दूध, दही, घ्यू, फलफूल, माछा, मासु, हरियो सागपात, गेडागुडीलगायत खानका लागि भत्ताको रकम दिँदै आएका छौँ”, उनले भने , “आर्थिक अवस्था कमजोर भएका महिलालाई पोषणयुक्त खानेकुराकै अभावमा विभिन्न किसिमका रोगको सङ्क्रमण हुने भएकाले त्यसको रोकथामका लागि पोषण कार्यक्रम सञ्चालन गरी भत्ताको रकम दिन थालेका छौँ ।” 

कार्यक्रमअन्तर्गत सुत्केरी हुनेलाई वर्षमा एक पटकका लागि रु एक हजार २०० भत्ताबापत रकम दिइने गरिएको छ । सुत्केरी हुने महिला र शिशुका लागि दुई जोर कपडासमेत दिइने गरिएको छ । 

“कार्यक्रम सञ्चालन हुनुअघि सुत्केरी हुने अधिकांशलाई पोषणयुक्त खाना खानुपर्छ भन्ने जानकारी नै थिएन”, वडाध्यक्ष चौधरीले भने , “कार्यक्रम सञ्चालन गरिएपछि सुत्केरी हुनेलाई वडा कार्यालयमै बोलाएर स्वास्थ्य कर्मीमार्फत पोषणयुक्त खानेकुरा खानुपर्छ भन्नेबारे जानकारी गरायौँ, त्यसका फाइदाका बारेमा जानकारी दियौँ, त्यसपछि भत्ताको रकम दिन थालेका छौँ ।” 

पोषणयुक्त खानेकुराको व्यवस्थाका लागि भत्ता दिइन थालेपछि मातृ शिशु मृत्युदर शून्यमा झरेको वडा कार्यालयका सचिव श्यामप्रसाद चौधरीले बताए । वडामा सुत्केरी हुने र गर्भवतीलाई पोषणयुक्त खानेकुराको अभाव हुँदा नवजात शिशुमा कुपोषणको समस्या देखिने गरेको थियो । सुत्केरी भत्ताको रकम बुझ्न आएकी सीमा चौधरीले गर्भवती भएपछि वडा कार्यालयले दिने गरेको स्वास्थ्यसम्बन्धीको ज्ञानले परिवारले खानेकुरामा ख्याल राख्दै आएको जनाए । 

वडा कार्यालयले शिशु जन्मेको ३५ दिनभित्र जन्म दर्ता गराएपछि स्वास्थ्य चौकीको शिशु जन्मेको प्रमाणपत्र र स्वयंसेविकाको सिफारिसका आधारमा भत्ताको रकम दिने गरेको छ । उमेर नपुगिकनै विवाह गरी सुत्केरी हुने महिलालाई भने वडा कार्यालयले उक्त कार्यक्रमअन्तर्गतको सुविधा दिने गरेको छैन । वडा कार्यालयले गत आवमा २८ सुत्केरीलाई भत्ताको रकम उपलब्ध गराएको थियो भने चालु आवको हालसम्म सातलाई भत्ताको रकम उपलब्ध गराएको छ ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x