लाली र तिगरममा हालसम्म भन्सार कार्यालय खुलेनन्


ज्ञानमाण्डू।छोटी भन्सार कार्यालय दार्चुलामा आयात कम हुँदा राजश्व सङ्कलनमा असर परेको छ । नेपालतिर सडक मार्गको पहुँच विस्तारसँगै भारतबाट समान कम आयात हुँदा राजश्वमा ह्रास आएको जनाइएको छ । 

भारतले व्यापारका लागि वस्तु तथा सेवा शुल्क (जिएसटी) लागू गरेपछि सामान आयात घटेको बताइन्छ । छोटी भन्सार कार्यालय दार्चुलाका अनुसार चालू आर्थिक वर्षको छ महिनामा रु नौ लाख ४८ हजार ६१३ राजश्व सङ्कलन भएको छ । यो अघिल्लो आव २०७५/७६ को भन्दा रु पाँच लाख १० हजार ९१२ कम हो । 

जिल्लाको एक मात्रै छोटी भन्सार कार्यालयको रूपमा खलङ्गा रहेको छ । यहाँको मूल भन्सार कार्यालय अहिले पनि बैतडीको झुलाघाट रहेको छ । दार्चुलाको जौलजीवि, दत्तु र सीतापुल भन्सार कार्यालय द्वन्द्वकालीन समयदेखि बन्द छन् । सीमा जोडिएका लाली र तिगरममा भन्सार कार्यालय स्थापना भएको छैन । 

भन्सार कार्यालय दार्चुलाका कर्मचारी मोहन डोबालले भने , “अहिले भारतबाट जुत्ता/चप्पल चिनी मात्रै आउँछ, अन्य दैनिक उपभोग्य सामानमा खासै भन्सार लगाइएको छैन”, उनले भने , “व्यापारिक रूपमा आउने सामानको मात्रै भन्सार लगाइँदा राजश्व कम सङ्कलन भएको हो । विगतमा भारतबाट लत्ताकपडा, सिमेन्ट, जस्ता पातालगायतका निर्माण सामग्री आउँदा राजश्व बढी देखिन्थ्यो, तर अहिले सबै सामान नेपालतिरबाटै आउने गरेको उनले जानकारी दिए ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x