परम्परागत पेशाले आकर्षित गर्न सकेन कुमाल युवालाई

ज्ञानमाण्डू।माटोका भाँडा बनाउने पेशाप्रति कुमाल युवाले पछिल्लो समय कुनै चासो दिएका छैनन् । भाँडा बनाउनु कुमाल पहिचान बनेको छ । 

युवाको चासो भाँडा बनाउनेभन्दा वैदेशिक रोजगारीमा जान आकर्षण बढ्दो छ । दाङका कुमाल अगुवा प्रेम कुमालले भने , “जनशक्ति घट्दै जाँदा पेसा नै सङ्कटमा पर्ने खतरामा छ । ” यहाँ प्रेसीनी, देउखुरीलगायतका क्षेत्रमा माटोका भाँडा बनाउने गरिन्छ । वृद्धवृद्धाले मात्रै बनाउँदै आफ्नो परम्परालाई धान्दै आएका छन् । “युवाले माटोका भाँडा बनाउने पेसा छाड्दै गइरहेका छन्”, उनले भने, “जसले गर्दा पेसा नै सङ्कटमा पर्ने खतरा छ ।” 

युवालाई परम्परागत पेशाप्रति आकर्षण गर्न विभिन्न तालीमको आयोजना हुँदै आएको छ । युवा पुस्ताले सीप व्यवहारमा उतारेका छैनन् । बजारमा यस्ता भाँडा माग बढ्दो छ । दाङको तुलसीपुर–७ प्रसेनीमा करिब ३०० कुमाल समुदायको बसोबास छ । ती कुमाल समुदायले पुर्खादेखि नै भाँडा बनाउने पेसा अँगाल्दै आएका थिए । युवालाई भाँडा निर्माण गर्नेतर्फ प्रोत्साहन गर्न आवश्यक रहेको वृद्धवृद्धाले जोड दिए । 

तुलसीपुर उपमहानगरपालिका कार्यपालिका सदस्य दीपक कुमालले पेसा जोगाइराख्न ध्यान दिने बताए । “कुमालको माटोका भाँडा बनाउने पेसा लोप हुने अवस्थामा छ”, उनले भने, “यो पेशालाई जोगाइराख्न स्थानीय सरकारबाट पहल थाल्छु । पेशालाई आधुनिकतामा ढल्काउनै पर्छ ।”रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x