बार्सिलोनालाई पराजित गर्दै कोपा डेल रेको उपाधि भ्यालेन्सियालाई

 
ज्ञानमाण्डू।स्पेनिस कोपा डेल रेको उपाधि भ्यालेन्सियाले हात पार्न सफल भएको छ । कोपा डेल रेको फाइनलमा बार्सिलोनालाई पराजित गर्दै भ्यालेन्सियाले उपाधि जितेको हो । शनिबार राति भएको खेलमा भ्यालेन्सियाले बार्सिलोनालाई २-१ गोल अन्तरले पराजित गर्दै उपाधि उचालेको हो।

भ्यालेन्सियालाई उपाधि दिलाउन केभिन गेमिरो र रोडि्रगोले गोल गरे । यता, बार्सिलोनाका लागि कप्तान मेस्सीले गोल गरेका थिए ।

खेलको २१ औ मिनेटमा केभिन गेमिरोको गोलबाट भ्यालेन्सियाले अग्रता लिन सफल बन्यो । भ्यालेन्सियाका लागि ३३ औं मिनेटमा रोड्रिगोले अर्को गोल थप्दै अग्रतालाई दोब्बर बनाएका थिए । पहिलो हाफमा नै दोब्बर अग्रता बनाएको भ्यालेन्सियालाई रोक्न बार्सिलोनाले रोक्न भने सकेन । खेलको दोस्रो हाफ, ७३ औ मिनेटमा लियोनल मेस्सीले गोल गर्दै बार्सिलोनालाई खेलमा फर्काउने कोशिश गरेपनि त्यो पर्याप्त रहन सकेन ।

त्यसैगरि, बाँकी समयमा अर्को गोल थप्न नसक्दा बार्सिलोना भ्यालेन्सियासँग २-१ गोलअन्तरले पराजित भएको हो । पराजयसंगै सिजनको दोस्रो उपाधि जित्ने बार्सिलोनाको सपना अधुरै रह्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x