कोशी टप्पुमा चरा गणना शुरु

ज्ञानमाण्डू।चराको स्वर्ग भनेर चिनिने कोसी टप्पु वन्यजन्तु आरक्षमा आजबाट चरा गणना सुरु भएको छ । कोसी टप्पु वन्यजन्तु आरक्ष र कोसी बर्ड सोसाइटीको आयोजनामा आरक्षमा चरा गणना सुरु भएको हो । आरक्षमा पाइने चराको यथार्थ तथ्याङ्क लिन चरा गणना सुरु भएको कोसी टप्पु वन्यजन्तु आरक्षका संरक्षण अधिकृत रामदेव चौधरीले बताएका छन् । 

चरा गणनाका लागि माइनोकुलर, स्पोट्रिङग स्कोप, डेटा सिट, कम्पास, जिपीएसलगायतका उपकरण प्रयोग गर्ने आरक्षका संरक्षण अधिकृत चौधरीले बताए । आरक्षमा चरा गणना गर्न सातदेखि १० दिनसम्म लाग्ने उनले जनाए । आरक्षमा तीन वटा क्षेत्र निर्धारण गरेर चरा गणना गर्न सुरु गरेको संरक्षण अधिकृत चौधरीले जानकारी दिए । 

आरक्षमा घाँसे मैदान, सिमसार क्षेत्र र नदी तटीय क्षेत्रमा पाइने चराको गणना गरिने कार्यक्रम रहेको उनले उल्लेख गरे । आरक्षमा पहिलो चरणमा घाँसे मैदानमा देखिने चराको गणना गरिने, दोस्रो चरणमा सिमसार क्षेत्रमा पाइने र तेस्रो चरणमा नदी तटीय क्षेत्रमा पाइन चराको गणना गर्ने कार्यक्रम रहेको उनको भनाइ थियो । 

चरा गणनाका लागि सात जनाको टोली परिचालित भएको छ । आरक्षमा प्रत्येक वर्ष हिउँदे चरा गणना गर्ने गरेको चौधरीको भनाइ छ । आरक्षमा पछिल्लो तथ्याङ्कअनुसार ५२६ प्रजातिका चरा रहेका छन् ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x