जनगणनामा स्थानीय जनशक्तिलाई उपयोग गर्न माग

ज्ञानमाण्डू।राष्ट्रिय जनगणना–२०७८ लाई विश्वसनीय बनाउन प्रदेश र स्थानीय तहको भूमिका महत्त्वपूर्ण रहने औँल्याइएको छ । 

‘मेरो गणना मेरो सहभागिता नारा’का साथ तथ्याङ्क कार्यालय मोरङद्वारा आइतबार यहाँ आयोजित कार्यक्रमका सहभागीले पालिकाको गणनामा स्थानीय जनशक्तिको प्रयोग गर्न सुझाव दिएका थिए । 

जनगणना आगामी २०७८ जेठ २५ देखि असार ८ गतेसम्म हुँदै छ । कार्यक्रममा जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेश पोखरेलले राज्यको साधन स्रोतको समुचित बाँडफाँटमा यसले सहयोग पुर्याउने चर्चा गर्दै गणना पूर्व अभ्यास गर्नुपर्नेमा जोड दिए । 

कार्यालयका प्रमुख अशोककुमार भट्टराईले विदेशमा बस्नेको अनलाइन सूचना सङ्कलनका गर्नुका साथैसाथै ट्याबको प्रयोग गरी सही र विश्वासिलो गणना गर्ने विश्वास दिलाए । मोरङ जिल्लामा एक हजार ५०० गणकले जनगणना सङ्कलन गर्ने छन् । 

तीन सय पिण्ट रगत सङ्कलन:
रगतको अभावलाई ध्यानमा राखी मारवाडी युवाले युवा दिवसको उपलक्ष्यमा ३०० युनिट रगत सङ्कलन गरेको छन् । नेपाल राष्ट्रिय मारवाडी युवा सङ्गठनले आफ्नो नवौँ राष्ट्रिय युवा दिवसका उपलक्ष्यमा आयोजित रक्तदान कार्यक्रममा उक्त रगत सङ्कलन गरेको जानकारी दिइयो । 

सङ्गठनको पुस ३ गतेदेखि सप्ताहव्यापी मनाउने दिवसको उपलक्ष्यमा नेपालभरि चार क्षेत्र र २४ मञ्चशाखाद्वारा गरिबगुरुवालाई ४०० कम्बल, ४०० क्विण्टल खाद्यान्न फलफूल, एक हजार सेनिटरी प्याड, निःशुल्क भोजन, वृक्षारोपणलगायतका कार्य गरेको महासचिव मनोज अग्रवालले जनाए । सङ्गठनले विराटनगर, इटहरी, रङ्गेली, इनरुवा, धरान, दुहवी, दमक, धुलाबारी, बिर्तामोड, जनकपुर, हनुमान नगर, राजविराज, कलैया, लहान, नारायण घाट हेटौडा, पोखरा, भैरहवा, नेपालगञ्ज, बुटवल, धनगढी र परासीमामा न्यानो लुगा वितरण, खाजा व्यवस्था, खाद्यान्नलगायतका सामाजिक कार्य गरेको कार्यक्रम संयोजक सन्दीप लालवानीले जानकारी दिए । 

यसै गरी भ्रमण वर्ष २०२० को सम्बन्धमा स्वदेश तथा विदेशमा रहेका आफन्तलाई धार्मिक, प्राकृतिक, हिमालय क्षेत्रको परिवारका साथ भ्रमण गर्न प्रचारप्रसार गरिएको सचिव सुनिल विडलाले जनाए ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x