रु एक लाखको अक्षय कोष स्थापना


ज्ञानमाण्डू।पोखरा महानगरपालिका–१३ ढाँडबेंसीस्थित आर्वा विजय माध्यमिक विद्यालयमा पत्रकार शिरोमणि बरालले एक लाख एक हजार १११ रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् । 

नेपाल प्रेस युनियन कास्कीका निवर्तमान अध्यक्ष बरालले विद्यालयमा अध्ययनरत जेहेन्दार एवं आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न उक्त अक्षयकोष स्थापना गरेको जनाएका छन् । उक्त विद्यालयका संस्थापक अध्यक्ष रहेका पिता स्व सूर्यनाथ र माता स्व तिलकुमारीको स्मृतिमा बरालले विद्यालयको ३६औँं वार्षिकोत्सवको अवसर पारी उक्त अक्षयकोष रकमको घोषणा गरेका छन् । 

सो अवसरमा गण्डकी प्रदेशसभा सदस्य मनबहादुर गुरुङले गुणस्तरीय र प्राविधिक शिक्षा आजको आवश्यकता भएको बताए । नेकपाका केन्द्रीय सदस्य श्रीनाथ बरालले शिक्षा र स्वास्थ्यमा सरकारले लगानी वृद्धि गरी गरिबिको रेखा मुनी रहेका परिवारका बालबालिकाको उचित शिक्षा र स्वास्थ्यको व्यवस्था गर्न जरुरी भएको बताए ।

पोखरा महानगरपालिका–१३ का वडा सदस्य टङ्कप्रसाद भट्टराई, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिबहादुर बराल, अक्षयकोष दाता शिरोमणि बराललगायतले गुणस्तरीय शिक्षा वर्तमानको आवश्यकता भएको जनाए । विद्यालयका प्रधानाध्यापक शिवराज पौडेलले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने उक्त अवसरमा विद्यालयमा विभिन्न विधामा उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरिएको थियो ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x