नेपाल साहित्य मन्दिरलाई रु एक लाख सहयोग


ज्ञानमाण्डू।भक्तपुरमा नेपाल भाषाको साहित्यको विकास गर्ने उद्देश्यले स्थापना भएको नेपाल साहित्य मन्दिरलाई रु एक लाख १११ सहयोग प्रदान गरिएको छ ।
भक्तपुरको दूधपाटीमा सञ्चालित ‘दि टिसा इन’ ले होटेल व्यवसायबाट आर्जन गरेको मुनाफाको १० प्रतिशत रकम नेपाल भाषा साहित्य तथा नेपाली साहित्यको संरक्षण संवर्द्धनका लागि प्रदान गर्ने घोषणाअनुसार आज उक्त रकम प्रदान गरिएको टिसा इनका सञ्चालक प्रशान्त कायस्थले जनाए । भक्तपुरमा नै हालसम्म जीवित रहेको भक्तपुरको सबैभन्दा पुरानो संस्था नेपाल साहित्य मन्दिरलाई जीवन्त राख्न उक्त सहयोग गरिएको उनको भनाइ रह्यो ।
कायस्थले नेपाल साहित्य मन्दिरका कोषाध्यक्ष शान्ता याँचालाई उक्त रकम हस्तान्तरण गरे । नेपाल साहित्य मन्दिरका अध्यक्ष तिलक प्रकाश कायस्थले सहयोग प्रति खुसी व्यक्त गरे ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x