ग्लोबल आइएमई बैंक र रुपाकोट रिर्सोटबीच सम्झौता

ज्ञानमाण्डू।ग्लोबल आइएमई बैंक लि. र रुपाकोट रिर्सोट प्रा.लि.बीच रिर्सोटले बैंकका ग्राहक तथा कर्मचारीहरुलाई प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा दिने छुटसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा ग्लोबल आइएमई बैंकको बजार तथा व्यवसाय प्रबद्र्ध्रन विभाग प्रमुख शान्ता शिवाकोटी र रुपाकोट रिर्सोट प्रा.लि.का सेल्स म्यानेजर पियुस लामाले हस्ताक्षर गरेका छन् ।

सम्झौता पश्चात रुपाकोट रिर्सोट, पोखरामा ग्लोबल आइएमई बैंकबाट डेबिट (Debit), क्रेडिट (Credit) तथा प्रिभिलेज (Privilege) कार्ड लिएका ग्राहक तथा कर्मचारीले रिर्सोटले उपलब्ध गराउने विभिन्न सेवामा १५ प्रतिशत सम्म छुट पाउने छन् । 

ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवाको अतिरिक्त अन्य सुविधाहरु प्रदान गर्ने उद्देश्यले लामो समयदेखि विभिन्न संघ÷संस्थाहरुसँग समन्वय गरी यस्ता योजनाहरु ल्याउने गरेको छ ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले बिभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा मार्फत आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ । बैंकले १५३ वटा शाखा, ३१ वटा एक्सटेन्सन तथा राजश्व संकलन काउण्टर, १५१ एटिएम, १९५ शाखारहित बैंकिङ्ग सेवा र नेपाल बाहिर ३ प्रतिनिधि÷सम्पर्क कार्यालय (अष्टे«लिया, बेलायत र भारत) मार्पmत आफ्ना ११ लाखभन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x